गाउँपालिकाको केन्द्रसँग जोडियो अर्नाकोट

आदर्श अनलाइन, बागलुङ
अहिलेसम्म निसीखोला गाउँपालिकाको केन्द्र जग्जाखोलादेखि पर्यटकीय क्षेत्र अर्नाकोट देउराली सिधा सडक संजालले जोडिएको थिएन । यसै वर्ष मात्रै गाउँपालिकाको लगानीमा मोटर बाटोले जोडिएको छ । निसीखोला गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर २ को अर्नाकोट देउरालीमा पहिलो पटक सडक संजालले जोडिएपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाको केन्द्रदेखि भौगोलिक रुपले टाढा रहेको अर्नाकोटमा सडक सञ्जाल जोडिएपछि स्थानीय गाउँपालिकासम्म मोटर चढेर आधा घण्टामा पुग्न सक्ने भएका छन् ।

निसीखोला गाउँपालिकाको केन्द्र वडा नम्बर २ जुग्जाखोलामा छ, तर सोही वडामा पर्ने अर्नाकोटका नागरिक पालिका केन्द्रसम्म पुग्न करिब २५ किलोमिटर दुरी पार गरेर ढोरपाटन नगरपालिका वडा नम्बर २ हुँदै डेढ घण्टाको यात्रापछि पालिका पुग्नुपर्ने बाध्यता थियो । पालिकाको गत वर्ष र यस वर्षको बजेटबाट अर्नाकोट देउरालीसम्म सिधा सडक सञ्जाल जोडिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले बताउनुभयो ।

‘गाउँपालिका र हाम्रो गाउँ बिचको दुरी निकै टाढा थियो, सडक सञ्जाल जोडिएपछि अब यहाँका नागरिकलाई पालिकामा पुग्न र सहज रुपमा सेवा लिन पाउने भएका छन्’ स्थानीय लालबहादुर कुवंरले भन्नुभयो । दुई वर्षको प्रयासपछि बल्ल पालिकासंग सिधा सडक जोडिएको छ ।

यसभन्दा पहिले अर्नाकोट देउरालीका स्थानीय ढोरपाटन नगरपालिकाको वडा नम्बर २ खल्वाङ, अर्नाकोट, तारीखेत हुँदै पालिका पुग्नु पर्ने बाध्यता थियो । उक्त सडकलाई अझै व्यवस्थित गरी बाह्रै महिना सवारी चल्न सक्नेगरी व्यवस्थापन हुनु पर्ने स्थानीयको माग छ । गाउँपालिकासँग सिधा सडक सञ्जाल नजोडिंदा निकै समस्या थियो ।

यहाँका बिरामीलाई अस्पतालसम्म पु¥याउन समेत मुस्किल गने गरेको स्थानीय झमबहादुर कुवँरले बताए । सडक जोडिनुभन्दा पहिले पालिकामा प्रशासनिक कामका लागि पुग्न समेत असहज भएको भन्दै अब त्यो समस्या हटेको उहाँको भनाई छ ।

निसीखोला गाउँपालिकाले गत वर्ष बजेट अभावका कारण बिचैमा रोकिएको सडक निर्माण यस वर्ष १३ लाख बजेट विनियोजन गरेर अर्नाकोट देउरालीसम्म सडक पु¥याएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । पर्यटकीय हिसाबले संभावना बोकेको क्षेत्र अर्नाकोट देउराली विकासका पूर्वाधारले पछि परेको थियो ।

अब क्रमश स्वास्थ्य, शिक्षा, यातायात लगाएतका विकासले गति लिँदै गएको छ । पालिकाले सडक सञ्जाल जोडेपछि नागरीकलाई समेत सहजता हुने अध्यक्ष पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *