गलकोट नगरपालिकाको प्रशासनीक भवन निर्माण शुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको गलकोट नगरपालिकाको प्रशासनीक भवन निर्माणले सार्थकता पाउने भएको छ । नगरपालिकाले निर्वाचित भएर आएपछिको प्रयास र पहलका वीच जग्गा व्यवस्थापन भएर भवन निर्माणमा गएको हो । प्रशासकीन भवनको निर्माण कार्य शुरु भएको गलकोट नगरपालिकाले जनाएको छ ।

गलकोट नगरपालिका वडा नम्वर ६ मजुवाफाँटमा नगरपालिकाको प्रशासकीनक भवन बन्न शुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । नगरपालिकाको जग्गा व्यवस्थापन गर्नु आफैमा चुनौतीपुर्ण भएपनि सबैको सहमतिको आधारमा जग्गा व्यवस्थापन गरि भवन निर्माणले गति लिएको बताउनुभयो । “उहाँले नगरपालिकाको भवन निर्माणको लागि बजेटको सुनिश्चितता भएकोले तत्काल निर्माण प्रक्रिया अगाडि बढाइएको हो, शुक्रबार शिलान्यास समेत गरिएको छ” नगरप्रमख गैरेले भन्नुभयो “संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा भवन निर्माणका लागि रु. १२ करोडको सुनिश्चितता भएपछि भवन निर्माण थालिएको हो ।”

संघीय सरकारको रु.६ करोड र स्थानीय सरकारको रु. ६ करोड गरी जम्मा रु. १२ करोड तत्कालै सुनिश्चितिता भएको रु ८ करोड थप ८ करोड बजेट तत्कालै व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । गलकोट नगरपालिको प्रशासनीयक भवन रु. २७ करोडको लागतमा निर्माण हुँनेछ । गलकोट नगरपालिकाले तीन वर्षभित्र प्रशासनीक भवन निर्माण गरिसक्ने लक्ष्य लिएको छ । आगामि नेतृत्वले ३ वर्ष भित्रमा प्रशासकिय भवन निर्माण सम्पन्न गरी सहज रुपमा सेवा प्रवाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रशासकीय भवन निर्माणका लागि २७ करोडको बजेट लागत अनुमान सहित ५ तले भवन निर्माण गरिनेछ । अहिले नगरपालिका भाडाको घरबाट सेवा दिइराखेको छ । गलकोट नगरपालिकाले गलकोट नगरपालिकाको स्थापन गर्दा सबै राजनितिक दल सरोकारवाला व्यक्तिहरुको सर्वदलीय भेलाले गरेको निर्णय अनुसार मजुवाफाँटमा नगरपालिकाको केन्द्र स्थापना गर्ने निर्णय संगै नगरपालिकाले चरणवद्ध रुपमा काम गरेको थियो ।

गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचामगरको संयोजकत्वमा जग्गा व्यवस्थापन समितिको निरन्तर प्रयास तथा गलकोट नगरपालिका वडा नं ६ को सहजीकरणमा जग्गा प्राप्ति भएको नगरपालिकाले जनाएको छ । गलकोट नगरपालिकाको प्रशासनिक भवन साढे ८ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *