प्रभा माविका शिक्षकलाई ल्यापटप

आदर्श अनलाइन, बागलुङ
प्रभा माध्यमिक विद्यालय निसीखोला गाउँपालिका वडा नम्बर ३ झिवाखोलाले शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा सहयोग गरेको १५ लाख रुपैयाँले शिक्षकलाई ल्यापटप वितरण गरेको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरणमा १२ जनालाई शिक्षकलाई ल्यापटप वितरण गरेको भन्दै प्रअ आचार्यले अब केही समयमै सबै शिक्षकलाई वितरण गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले प्राथमिक, आधारभूत र माध्यमिक तहका १२ स्थायी शिक्षकलाई पहिलो चरणमा ल्यापटप वितरण गरेको जानकारी दिनुभयो ।

‘अहिले १२ जना स्थायी शिक्षकहरुलाई ल्यापटप दिएर सुरुवात गरेका छौँ, केही समय पछाडी सबै शिक्षकहरुलाई वितरण गर्ने लक्ष्य छ,’ प्रधानाध्यापक आचार्यले भन्नुभयो ‘गाउँपालिकाले १५ लाख सहयोग गरेको थियो, त्यही बजेटबाट १२ शिक्षकलाई ल्यापटप दिएका हौँ, नयाँ शैक्षिक सत्रसम्म सबै शिक्षकहरुको हातहातमा ल्यापटप हुने छ ।’

आचार्यले २४ जनालाई ल्यापटप दिने लक्ष्य अनुसार अस्थाइ र करारका शिक्षकहरुलाई फेरि वितरण गर्ने बताउनुभयो । थप ल्यापटपका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा माग गरेको उहाँको भनाई छ ।

शिक्षण शिक्षण सिकाईलाई प्रबिधि मैत्री बनाउन शिक्षकहरुलाई ल्यापटप वितरण गरेको उहाँको भनाई छ । अहिले पनि केही शिक्षकहरुले प्रोजेक्टर मार्फत कक्षा संचालन गर्दै आएको बताउनुभयो । ‘सूचना प्रबिधिले फड्को मारिसकेको परिवेशमा हामीले शिक्षालाई प्रबिधियुक्त गराउँ भन्ने उद्देश्यले ल्यापटप वितरण गरेका छौँ,’ उहाँले भन्नुभयो ‘यसले शिक्षक सिकाईलाई थप प्रभावकारी र व्यवहारिक बनाउने छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *