हिउँ नपग्लदा सास्ती खेप्दै किसान

आदर्श अनलाइन, बागलुङ

माघ २१ गते परेको भारी हिमपातले तमानखोला गाउँपालिका–२ भयरबोङ्गा कटेरीका स्थानीय चुडामडी छन्त्यालको दूई हाइटेक टर्नेलमा क्षती ग¥यो । चार वर्षदेखि सञ्चालित डायमण्ड एग्रो फर्ममा रहेका दुई टर्नेल, अकाबरे खुर्सानी र सागमा नराम्रो क्षती भएको छ भने गहुँ र जौ खेती उठ्नै नसक्नेगरी ढाकेको छ । उहाँले हिमपात वर्षेनी भइरहने भएपनि यसपटक ठूलो हिपमातका कारण टर्नेल र तरकारीमा क्षती भएको बताउनुभयो । अहिले समेत बागलुङको उच्च पहाडी क्षेत्रमा परेको हिउँ पग्लन नसक्दा किसानलाई सास्ती भएको छ ।

“हिमपातले सदरमुकाम क्षेत्रमा खुसी बनाएको होला, सिचाई नभएको सुक्का ठाउँमा राम्रो पनी ग¥यो, किसानहरु समेत खुसी भएका छन्” छन्त्यालले भन्नुभयो “तमानखोलाको उच्च स्थान लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपातले समस्या ल्याएको छ, मेरो फर्ममा लार्खौ क्षती पुगेको छ भने तरकारी नष्ट भएको छ ।” तमानखो बराहताल आसपासमा अझै हिउँ पग्लन सकेको छैन । भारी हिमपातका कारण किसानको जौ खेती पुरिएको छ ।

माघ २१ गते शुक्रबार परेको ठूलो हिमपातका कारण बागलुङको तल्लोभागमा हिउँ खेल्न आन्तरीक पर्यटकको लर्को नै लाग्यो । बागलुङको घोडाँबाधे, सिप लागयतमा हिउँ पग्लेर जनजिवन सामान्य भएपनि पाती हाल्नेमा अझै हिउँ पग्लिन सकिरहेको छैन । बागलुङको तल्लो भागमा हिउँ खेल्न जिल्ला सदरमुकाम बागलुङ बजार देखि सयौं आन्तरिक पर्यटन त्यस क्षेत्रमा समेत पुगेका थिए । भारी हिमपातका कारण हिउँको खात बनेर बसेको छ ।

बागलुङमा २०६३ साल यताकै ठूलो हिमपात परेको स्थानीयले बताउनदै आएका छन् । हिमपातले हिउँ खेल्ने पर्यटक र खेती लगाएका किसानहरु खुसी भएपनि बागलुङको उच्च पहाडी क्षेत्रका बासीन्दा सास्ती खेप्न बाध्य भएका छन् । हिमपातले मध्यपहाडी पुष्पलाल लोकमार्गको पाती हाल्नेमा कष्टकर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् ।

मध्यपहाडी लोकमार्गमा चलेका सवारीसाधनहरु अझै पातीहाल्नेबाट रुकुम जान नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार बागलुङ र पूर्वी रुकुमको सिमानामा बल्ल तल्ल सवारी पुग्न सकेपनि रुकुम तर्फको सडकमा अझै बाक्लो हिउँ जमेको छ ।

लगाएको खेती पनि अझै हिउँले ढाकेको छ । उच्च पहाडी क्षेत्रमा हिमपातले गहुँ, जौ जस्ता खेतीलाई हिमपात मल जस्तै हुँनेभएपनि भारी हिमपातले खोती नष्ट हुँने संभावना रहेको छ । मध्यपहाडी लोकमार्गको सिप देखि पाती हाल्ने सम्म डोजर लगाएर हिउँ फाल्दा समेत यात्रा सहज बन्न सकेको छैन ।

बागलुङको उच्च पहाडी क्षेत्र ढोरपाटन, तमानखोलाको उच्च पहाडी भाग, गलकोटको घुम्टेमा अझै हिउँ पग्लन नसकेको तमानखोलाका स्थानीय ढालेन्द्र छन्त्यालले जानकारी दिनुभयो । छन्त्यालले भारी हिमपात र हिउँ समयमै नपग्लदा पशु पालक किसानलाई सास्ती भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *