राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : बागलुङका ११९ विद्यालयलाई २४ करोड

आदर्श अनलाइन, बागलुङ
यस वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बागलुङका ११९ विद्यालयलाई बजेट स्विकृत गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चार हजार १५७ विद्यालय छनौटमा पर्दा बागलुङका ११९ विद्यालय छनौट भएका हुन् । बागलुङका ११९ विद्यालयका लागि रु. २४ करोड ७ लाख ५० हजार बजेट स्विकृत भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार उक्त कार्यक्रमका लागि विद्यालय छनौट गरिएको हो ।

बागलुङ जिल्लाका १० पालिका अन्र्तगत ११९ विद्यालय मध्ये गलकोट नगरपालिकामा १२, बागलुङ नगरपालिकाका १५, काठेखोला गाउँपालिकामा ८, जैमिनी नगरपालिकामा, १४ विद्यालय, बरेङ गाउँपालिकाका ६ विदालय, ढोरपाटन नगरपालिकाका १६ विद्यालय, निसीखोला गाउँपालिकाका १४ विद्यालय, ताराखोला गाउँपालिकाका ९ विद्यालय, तमानखोला गाउँपालिका ८ विद्यालय र बडिगाड गाउँपालिकाका १७ विद्यालय छनौट भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

बागलुङका ११९ विद्यालय मध्ये ३८ विद्यालयमा चार कोठे विद्यालय भवन निर्माणका लागि रु. ३६ लाखका दरले रु. १३ करोड ६८ लाख, ४४ विद्यालयमा २ कोठे भवन निर्माणका लागि रु. १८ लाखका दरले रु. ७ करोड ९२ लाख, ३५ विद्यालयमा आइसिटि कार्यक्रमका लागि रु.६ लाख ५० हजारका दरले रु. २ करोड २७ लाख ५० हजार र ल्याबका लागि २ विद्यालय त्रिभुवन माध्यामिक विद्यालय बडिगाड गाउँपालिका र गलकोट माध्यामिक विद्यालय गलकोटका लागि रु. १० लाखका दरले रु. २० लाख बजेट स्विकृत भएको शिक्षा मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयका अनुसार छनौट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, दुई हजार १०६ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ ।

चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम उपलब्ध गराइनेछ ।

नयाँ प्राविधिक शिक्षालयका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई जम्मा रु.७० करोड ५९ लाख ६ हजार, प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि ८८ विद्यालयलाई रु.८८ करोड रकम छुट्याइएको छ ।

साथै, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयका लागि ३३ करोड ६० लाख रकम उपलब्ध गराइने शिक्षा मन्त्री देवेन्द्र पौडेलका प्रेस संयोजक विमल खड्काले जानकारी दिनुभयो ।
राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए ।

जसमा ७ हजार ९८६ विद्यालयले भवन निर्माण, ४ हजार २३५ विद्यालयले आईसीटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए । गत वर्ष जस्तै यस वर्षपनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थानीय तहमार्फत कार्यान्वयन गरिने छ ।

भवन डिजाईन र बजेट संघीय सरकारले दिने भएपनि बजेट कार्यान्वयन र अनुगमन मने स्थानीय तहल गर्ने शिक्षा विकास तथा समन्वय इकाई बागलुङका इकाई प्रमुख कुस्मराज उपाध्यायले जानकारी दिनुभयो । बागलुङ जिल्लामा जम्मा ५१४ विद्यालय रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *