तमानखोलाका २७ बस्तीमा १२९ किमी सडक निर्माण

डम्मर बुढा मगर, बागलुङ
बागलुङको तमानखोला गाउँपालिका जिल्लाकै दुर्गम मानिन्छ । विकासका पूर्वाधारका हिसाबले स्थानीय तह गठन हुनु पूर्व यहाँका नागरिकहरुको दैनिकी कष्टकर थियो । मोटरबाटले गाउँहरु जोडिएका थिएनन् । त्यसले गर्दा तमानखोलावासीहरु घण्टौँ लगाएर दैनिक उपभोग्य सामान घोँडा खच्चडमा ढुवानी गर्थे । तर अहिले घोँडा खच्चड हिँड्ने गोरेटोहरु अहिले मोटरबाटोमा परिणत भएका छन् ।

अहिले तमानखोला गाउँपालिकाका सबै बस्तीमा सडक पुगेको छ । भौगोलिक हिसाबले पिछडिएको यस ठाउँमा सडक निर्माण गर्न निकै चूनौतिपूर्ण थियो । यद्यपी गाउँपालकाको ठूलो प्रयासले सबै ठाउँमा सडक पु¥याएको छ । जसले नागरिको दैनिकीनै फेरिएको छ । तमानखोलामा छ वटा वडाहरु छन् । त्यस मध्ये सबैभन्दा दुर्गममा वडा नम्बर ६ को नर्जाखानी, भित्रिवन र पात्ले गाउँ पर्छन् ।

यी गाउँमा मोटरबाटो आउला भनेर स्थानीयले कहिल्यै कल्पना समेत गरेका थिएनन् । तर केही वर्ष अगाडीनै गाउँपालिकाले सडक पु¥यायो । स्थानीय कली छन्त्याल भन्नुहुन्छ ‘यस्तो भिरपाखामा पनि के मोटर गाडी गुड्लान् भन्ने लाग्थ्यो, अहिले घर अगाडीनै दैनिक गुड्दा निकै खुसी लाग्छ, मोटरबाटोले त हाम्रो जीवननै फेरि दिएको छ ।’

छन्त्यालले मोटरबाटो नहुँदा गाउँ सुनसान रहेको भन्दै अहिले यहाँका ठाउँहरुको स्वरुपनै फेरिएको बताउनुभयो । मान्छे बिरामी हुँदा डोकोमा बोकेर लैजानु परेको र समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको भन्दै अहिले मोटरबाटोले गर्दा बिरामीहरु गाडीमै अस्पतालसम्म पुगेर उपचार पाउने गरेको बताउनुहुन्छ ।

‘पहिला–पहिला अहिलेको जस्तो मोटर गाडी चल्दैनथे, बाटोनै थिएन, गाउँमा कोही बिरामी प¥यो भने पनि ढोकोमा, डोलामा बोकेर लैजानु पर्ने अवस्था थियो अहिले, कोहीले त समयमा उपचार पाउन नसक्दा अकालमै ज्यान समेत गुमाए,’ उहाँले भन्नुभयो ‘अहिले कोही बिरामी पर्दा बित्तिकै गाडी बोलाएर अस्पताल पु¥याई हाल्छन्, समयमै उपचार पाउँछन् ।’

मोटरबाटो गाउँमा जोडिनु पूर्व तमानखोलाका स्थानीय सामान किनमेलका लागि घण्टौँ लगाएर बुर्तिबाङ बजारमा आउनु पथ्र्यो भने अहिले एक ढेड घण्टामै आइपुग्छन् । सडकले गाउँ जोडिएपछि डोकोमा सामान बोकेर उपभोग गर्नु पर्ने अवस्थाको अन्त्य भएको स्थानीय मनबहादुर सिर्पालीले बताउनुभयो । सडकले तनमाखोलावासीको दैनिकी बदलि दिएको उहाँको भनाई छ ।

‘नुन चामल ढोकोमा, खच्चडमा बोकेर खाने गथ्र्यौँ, विहान उठेर बुर्तिबाङ चामल ल्याउन गइन्थ्र्योँ घर फर्किँदा राति हुन्थ्यो, अहिले १० बजे गयो भने १÷२ बजे सामान लिएर घरमै आइन्छ,’ सिर्पालीले भन्नुभयो ‘मोटरबाटो त हाम्रा लागि बरदानै सावित भयो, अन्धकारबाट उज्यालकोमा आएको जस्तो भएको छ ।

गत वर्षसम्म गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म पनि बाह्रै महिना गाडी चल्दैनथे । यस वर्ष भालिबाङखोला र लुकुरबनखोलामा मोटरेवल पुल निर्माण भएपछि बाह्रै महिना यातायत संचालन हुने भएको छ । पालिकाका २७ गाउँ बस्ती छन् । ती सबै बस्तीहरुमा सडक सञ्जाल पुगिसकेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँले स्थानीयले घरदेखि पाँच मिनेट पैदल यात्रा गरेमा मोटर चड्न सक्ने गरी सडक सञ्जाल जोडिएको बताउनुभयो ।

अध्यक्ष बुढा मगरले आफूहरु जनप्रतिनिधि भएर आएपछि पालिकाभर १२९ किलोमिटर सडक निर्माण गरेको जानकारी दिनुभयो । यस अवधीमा गाउँपालिकाले सडक निर्माणका लागि १० करोड बढी लगानी भइसकेको अध्यक्ष बुढा मगरको भनाई छ ।

बस्तीहरुमा पुगेका सडकहरु अब सडक चौडा पार्ने, नाली निर्माण गर्ने र निरन्तर सवारीका साधन चल्ने गरी काम सुरु अगाडी बढाइने उहाँको भनाई छ । ‘हामी जनप्रतिनिधि भएर आउँदा तमानखोलाका गाउँहरु सडक संजालले कमै मात्रै जोडिएका थिए, हामीले नागरिको आवश्यकता र मागको अनुसार सडक निर्माण ग¥र्यौँ’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘अहिले गाउँपालिकाको २७ वटै बस्तीहरुमा सडक पु¥याएका छौँ, अब यी सडकहरुको स्तरोन्नती तर्फ ध्यान दिएका छौँ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *