आगन्तुक गिज्याउँदै अव्यवस्थित होडिङ बोर्ड

डम्मर बुढा मगर, बागलुङ
मालढुङ्गा बागलुङ जिल्ला प्रवेशद्वार हो । जहाँबाट दैनिक हजारौँ मानिसहरु जिल्ला भित्रिने र बाहिरिने गर्दछन् । कालीगण्डकी नदी पार गरेर बागलुङ प्रवेश गर्ना साथ प्रवेशद्वार र त्यस वरपरका भित्ताहरु अव्यवस्थितक रुपमा व्यवसायीक तथा विभिन्न प्रचारात्मक किसिमका होडिङ बोर्डहरुले भरिएका छन् । अस्तव्यस्त रुपमा टाँगिएका होडिङ बोर्डले प्रवेशद्वार नै कुरुप बनाइ दिएको छ ।

बागलुङ कला संस्कृति, धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला मानिन्छ । प्रवेशद्वारमा जिल्लाको पहिचानसँग जोडिएका कुनै पनि किसिमका बोर्डहरु राखिएका छन् । प्रहरी चेक पोस्ट पट्टीका भित्ताहरुमा ठूला–ठूला फलामका रडहरुमा टाँगिएका बोर्डहरु सबै व्यवसायिक प्रचारका छन् । यस्ता बोर्डहरुले प्रवेशद्वारको शोभा नै घटाइदिएका छन् ।

पहिचानसँग जोडिएका बोर्डहरु राख्नुको सट्टा मदिरा कम्पनीका बोर्ड तथा निजी व्यवसायका बोर्डले आतिथिको स्वागत गरिरहेका छन् । केही व्यवसायीहरुले प्रवेशद्वारसँगै जोडेर होडिङ बोर्ड राखेका छन् । तर कला, संस्कृति र पर्यटन सम्बन्धी कुनै पनि बोर्डहरु त्यहाँ देख्न पाइँदैन । सम्बन्धित निकायले यस्ता अव्यवस्थित रुपमा राखिएका बोर्डहरुलाई हटाउन तथा व्यवस्थापन गर्न नसके छैन ।

यस्ता अव्यवस्थित रुपमा टाँगिएका होडिङ बोर्डहरु कि सही रुपमा व्यवस्थापन गर्नु पर्छ की सम्बन्धित निकायले हटाउनु पर्छ । प्रवेशद्वार अगाडीनै केही च्यातिएका, केही पुराना भएका बोर्डहरु धेरै छन् । पुराना भएका तथा च्यातिएका बोर्डहरुले त्यस क्षेत्रको स्वभानै घटाएको छ । तर सम्बन्धित व्यवसायीहरुले पनि पुराना र च्यातिएका बोर्डहरु समेत फेरेका छैनन् । पाहुना स्वागतका लागि लथालिङ्ग रुपमा राखिएका बोर्डले स्वागतको सट्टा गिज्जाई रहेको छ ।

होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले व्यवसायीहरुले आफ्नो पहिचानको लागि प्रवेशद्वार आसपासमा बोर्डहरु राखेको भन्दै सम्बन्धित निकायले त्यसलाई व्यवस्थित गर्नु पर्ने बताउनुभयो । उहाँले व्यवसाय प्रवद्र्धनका लागि व्यवसायीहरुले प्रचारका लागि बोर्डहरु राख्ने स्वभाविक भए नगरपालिकाले त्यसको मापदण्ड बनाउने र बोर्ड राख्ने स्थान तोकि दिनु पर्ने बताउनुहुन्छ ।

‘मालढुङ्गामा व्यवसायीहरुले प्रचारका बोर्डहरु राख्नु स्वभाविक हो, उनीहरुले व्यवसाय प्रवद्धर्नका लागि राखेका हुन्, अव्यवस्थित रुपमा भएका बोर्डहरु त सम्बन्धित निकायले व्यवस्थापन गर्नु पर्छ,’ चोखालले भन्नुभयो ‘प्रवेशद्वारको सौन्दर्य बढ्ने गरि कुन ठाउँमा व्यवसायीहरुले बोर्डहरु राख्दा उपयुक्त हुन्छ, कसरी राख्दा राम्रो देखिन्छ, सोही अनुसार व्यवस्थापन गर्नु पर्ने जरुरी छ ।’

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले प्रदेशद्वारको सौन्दर्यकरणका लागि काम गर्ने योजना बनाएको तर मध्यपहाडी लोकमार्ग विस्तार हुँदा बोर्डहरु लोकमार्ग कार्यालयलेनै व्यवस्थापन गर्ने भनेपछि नगरपालिकाले नगरेको बताउनुभयो । उहाँले अब आफ्नो कार्याकाल धेरै लामो नभएको भन्दै छोटो अवधी भए पनि त्यसको व्यवस्थापनमा आफू लाग्ने बताउनुभयो ।

‘प्रदेशद्वारको सौन्दर्यकरणका लागि काम गर्ने योजना बनाएका थियौँ, तर मध्यपहाडी लोकमार्ग विस्तार हुँदा बोर्डहरु स्वभाविक रुपमा व्यवस्थापन हुने भएको हुँदा हामीले त्यसको व्यवस्थापन गरेनौँ, लोकमार्ग कार्यालयले पनि हामी व्यवस्थापन गर्छौँ भनेको हुँदा नगरपालिकाले त्यसको व्यवस्थापन नगरेको हो,’ मेयर पौडेलले भन्नुभयो ‘ अब हाम्रो कार्याकाल लामो छैन, त्यही पनि यसको व्यवस्थापन गर्नका लागि हामी अग्रसर हुने छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *