खेमराज गौतम, बागलुङ
२०५४ सालमा टमाटर खेतीका विषयमा धेरैलाई ज्ञान थिएन । २४ वर्ष पछि अहिले टमाटर धेरैको अनिवार्य फल बन्दै आएको छ । २०५४ सालमा टमाटर नेपालको अनिवार्य उपभोग्य फल बन्छ भन्ने थाहाँ पाएका मध्येका एक हुन् बागलुङ जिल्लाको दुर्गम पालिका तमानखोला गाउँपालिका–२ कटेरीका ४८ वर्षिया चुडामणी छन्त्याल । छन्तालले लामो समय वैदेशिक रोजगारी र केही समय काठमाण्डौ र पोखरा विताएर चार वर्ष अघि मात्रै आm्नो पुरानो गाउँ कटेरीमा फर्केर कृषि क्रान्तिमा लाग्नुभएको छ ।
छन्त्यालले २०५४ सालमा टमाटरको भविश्य सुनिश्चित भएजस्तै अहिले स्टाबेरी फलफूलको भविश्य सुनिश्चित देखेको बताउनहुन्छ । “टमाटर कस्तो हुन्छ हामीले विदेश गएर चाख्यौं, २० वर्षको अन्तरालमा नेपालका कुना काप्चामा टमाटर अत्याधिक प्रयोग हुन्छ” छन्त्यालले भन्नुभयो “अहिले स्टाबेरीको क्रेज पनि २०५४ सालमा टमाटरको जस्तै छ, पछि यसको महत्व र प्रयोग निकै बढ्ने अपेक्षा देखेको छु, अहिले दुई टमाटर टर्नेलमा टमाटर फलाउन छोडेर स्टाबेरी फलाएको छु, स्थानीय बजारमा यो फलको विषयमा कसैलाई ज्ञान छैन, सिधै पोखरा निर्यात हुन्छ ।”
छन्त्यालले जल्लामै पहिलोपटक विदेशी फलफूल स्टाबेरीको व्यवसायीक खेती गर्दै आउनुभएको छ । कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्क अनुसार जिल्लामा व्यवसायीक रुपमा स्टाबेरीको व्यवसायीक खेती छन्त्यालले मात्रै शुरु गर्नुभएको छ ।
लामो समय वैदेशिक रोजगारीमा जानुभएका छन्त्यालले विदेशी स्टाबेरी खेतीमा राम्रो संभावना देखेपछि काठमाण्डौ र पोखरामा व्यवसायीक खेती शुरु गर्नुभएको तर पछि आफ्नै गाउँले तानेर कटेरी ६ रोपनी जग्गामा व्यवसायीक तरकारी र स्टाबेरी खेती थालेको छन्त्यालको भनाई रहेको छ ।
छन्त्यालले गाउँमै पहिलोपटक प्लाष्टिक टर्नेलमा खेतीगर्न थालेको बताउनुभयो । परम्परागत पुख्यौली खेती गर्दै आएका स्थानीयलाई व्यवसायीक अर्गानिक खेतीमा आर्कषण गराउन छन्त्यालले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । छन्त्यालले उत्पादन गर्नुभएको स्टाबेरी पोखराको लेकसाईटमा प्रतिकेजी रु. ७०० मा विक्रि हुँने गर्दछ ।
“अहिले हप्तामा ८ केजी स्टाबेरी पोखरा पठाउने गरेको र परिक्षण उत्पादन सफल हुँदै गएकाले स्टाबेरी उत्पादन बढाउदै लैजाने उहाँको भनाई छ । अहिले आफ्नै गाउँमा श्रम गरेर पसिना बगाउदा विदेशको दूख विर्सैको छन्त्यालको भनाई छ । छन्त्यालले एउटै टमाटरको व्रिुवाबाट २० केजी सम्म टमाटर समेत उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले डाइमण्ड एग्रो नामक फर्म दर्ता गरेर अबकरे खुर्सानी, साग, काउली, बन्दा, स्टाबेरी र अन्य मौसम र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले मासिक ३५ हजार रकम कृषि कर्मबाटै बचाउने गरेको बताउनुभयो ।
“गाउँमै हिलो, धूलोमा खेलेर ३५ हजार बचाउछु, गाउँको माटोमा खेल्न पाउदा स्वर्गिय आनन्द आउछ,विदेशमा गएको दुख विसिन्छ, मैले कोरिया र मलेसियामा समेत केही वर्ष कृषि क्षेत्रमै काम गरेकाले कृषिमा संकलन गरेको अनुभाव गाउँलेलाई समेत सिकाएको छ, एउटा पनी प्लाष्टिक टर्नेल नभएको भरबोङ्गा गाउँमा अहिले ५६ वटा प्लाष्टिक टर्नेल भइसक्दा निकै खुसी भएको छु” छन्त्यालले भन्नुभयो “विदेशी फलफूलका रुपमा रहेको स्टाबेरी पोखरा र काठमाण्डौमा राम्रो विक्रि हुन्छ, क्रमश स्थानीय बजारमा समेत यसको माग हुँनेमा विश्वस्त छु ।”
उनी पनि घर परिवारको सुख, दैनिकी, जीवन सहजताको सपना बोकेर २२ वर्षको उमेरमा परदेशिएको बताउनुभयो । उहाँले मलेसियामा दूई वर्ष कृषि क्षेत्रमा काम गर्नुभएको र एक वर्ष त्यही बिताएर तीन वर्षछि उहाँ नेपाल फर्कनुभयो । दुई छोरा काठमाण्डौ पढाउन उहाँ काठमाण्डौमा बस्दै आउनुभयो । पछि सबैको सल्लाहमा कोरिया गएर १० वर्ष बिताउनुभयो । कोरियामा समेत केही वर्ष कृषि क्षेत्रमै काम गरेर अनुभव संगालेको उहाँको भनाई छ ।
अहिले एक छोरा अष्ट्रेलिया र अर्को छोरा चेक रिपव्लिका गएपछि काठमाण्डौको घर बिक्रि गरेर श्रीमान श्रीमती गाउँ फर्केर कृषि कर्ममा रमाउनुभएको हो । अहिले बसार्य सराईले समस्या ग्रस्त गाउँमा कृषि गुरुका रुपमा आफूलाई परिचित गरार्यराख्नुभएका छन्त्षलले गाउँमा अन्य किसानले समेत प्लाष्टिक टर्नेल राख्दा खुसी लागेको बताउनुहुन्छ । २३५० मिटर उचाईमा रहेको तमानखोला वडा नम्बर २ को कटेरी गाउँलाई कृषि क्रान्तिको थलकोका रुपमा छन्त्यालले विकसित गर्दै आउनुभएको छ ।
अहिले ठुला ठुला ३ वटा टनेल र अन्य खाली जग्गामा व्यवसायीक तरकारी खेती गर्दै आउनुभएका छन्त्यालले हाल सम्म २० लाख लगानी गरिसकेको बताउनुहुन्छ । छन्त्याललाई श्रीमती इन्द्र कुमारी छन्त्यालको दरिलो साथ र सहयोग छ । “श्रीमानसंगै काठमाण्डौ बस्दा गाउँ सुनसान थियोे, श्रीमानको गाउँमै केही गर्ने अठोटलाई साथ दिन काठमाण्डौ छोडेर आइयो” श्रीमती छन्त्यालले भन्नुभयो “धेरै वर्ष काठमाण्डौ बस्दा यहाँको बातावरणमा घुल्नै समस्या भयो, विस्तारै बानी पार्दै छु, उकाली ओराली गर्न समस्या छ, श्रीमानलाई साथ दिने र बुढेसकालमा गाउँमै आनन्द जीवन विताउने हाम्रो अठोट हो ।”
अहिले गाउँमा घर व्यवस्थापन गर्दै बसेका छौं गाउँमा उत्पादन भएको तरकारीको बजारीकरणको जिम्मा आफूले लिने भन्दै किसानलाई प्रोत्साहन गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्दे आएको तरकारी भने स्थानीय बोङ्गादोभान र बुर्तिवाङ बजारमा पठाउदै आउनुभएको छ ।
कृषि पेशा आफुलाई मन पर्ने र जग्गा आफ्नै भएकाले यस काममा समर्पित हुँदाको सन्तुष्टि पृथक भएको उनको भनाई छ । व्यावसायिक खेतीका लागि शहरको जग्गा लिजमा लिँदा समेत महंगो हुने भएकाले आफ्नै पाखाबारीमा केही गर्दा सहज र सफल हुने उहाँको अनुभव छ । भएरबोङ्गाका ४३२ घरमा ५६ टर्नेल स्थापना भइसकेका छन् । अहिले उक्त गाउँ मुख्यमन्त्री नमूना कृषि गाउँका रुपमा समेत विकास भइरहेको र कसानहरुलाई प्लाष्टिक टर्नेल स्थापनामा प्रोत्साहन गर्दै आएको छ ।
चिसो स्थानमा उत्पादन भएको तरकारी तथा फलफूल अन्यको तुलनमा महङ्गो हुँने बताउनुहन्छ । “यस्तो चिसो स्थानमा यो स्केलमा टमाटर, काउली, स्टाबेरी फलाउन कार्य चुनौतीपूर्ण कार्य हो, निश्चयनै बढी नाफा कमाउन यहाँ समस्या हुन्छ” छन्त्यालले भन्नुभयो “माघ २१ गतेको हिमपातले टर्नेलमा समस्या बनायो, तर आफ्नै गाउँ ठाउँमा बसेर कृषिमा रमाउनु कमार्य भन्दा ठूलो सन्तुष्टी हो ।”
स्टाबेरी फल विश्वव्यापी रुपमा गरिने खेती हो । यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ । हावापानीको दृष्टिकोणले यो बाली शीतोष्ण प्रदेशीय हो । यसका विभिन्न जातहरु विभिन्न हावापानीमा अनुकूलित हुने किसिमले विकसित भएकोले यसको खेती समशीतोष्ण प्रदेशसम्म भैरहेको छ । यसको खेती संसारका धेरै देशहरुमा भैरहेको पाईन्छ भने नोपमा यसको खेती पछिल्लो चार पाँच वर्षदेखि भइरहेको र पौष्टिकताको हिसाबले अत्यन्तै महत्वपूर्ण मानिने छन्त्यालले बताउनुभयो ।
प्रशस्त घामको प्रकाश पुग्ने र सिंचाईको सुविधा पु¥याउन सकिने ठाउँमा यसको खेती राम्रो हुने र यस बालीको वृद्धि र विकासको लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ । ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम हुँदा र तुषारो पर्दा फूल मर्ने समस्या देखिन्छ । हाल त्यस्तो प्रतिकूल मौसम भएका ठाउँहरुमा प्लाष्टिक हाउसमा खेती गर्ने चलन बढेको पाईन्छ ।
स्टाबेरी खेतीका लागि बागलुङमा परिक्षणकै क्रममा भएकाले कुनै अनुदानको कार्यक्रम नभएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो । उहाँले बागलुङमा स्टाबेरी खेतीको राम्रो संभावना रहेको बताउनुभयो ।