शिक्षालाई प्रविधिमैत्री बनाउन तमानखोलाका विद्यालयमा इन्टरनेट विस्तार गरिँदै

डम्मर बुढा मगर, बागलुङ
शिक्षा, स्वास्थ्य, यातायात लगायत विकासका पूर्वाधारका हिसाबले पछाडी परेको तमानखोला गाउँपालिकाले पछिल्लो समय सबै क्षेत्रमा सुधार गर्न थालेको छ । केही वर्ष अगाडीसम्म तमानखोलाकाका विद्यालयहरु जीर्ण थिए । विद्यार्थीहरु भुइँमा धूलोमै बसेर पढ्न बाध्य थिए । खानेपानी र शौचालयको समेत उस्तै समस्या थियो । नजिक विद्यालयहरु थिएनन् । विद्यार्थीलाई इन्टरनेटको विषयमा पाठ्यपुस्तकमा पढे पनि व्यवहारिक ज्ञान थिएन ।

तर अहिले गाउँपालिकाले माध्यमिक तहका सबै विद्यालयहरुमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीन वटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका वडा नम्बर ३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नम्बर ५ को शान्ती माध्यमिक विद्यालय र वडा नम्बर १ को जन जागृति माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ ।

धन गौ ज्योति मावि र जन जागृति माविमा यसै वर्ष र शान्ति मािवमा गत वर्ष इन्टरनेट जडान भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । गाउँपालिकाले यसै वर्ष वडा नम्बर २ को जन ज्योति आधारभूत विद्यालयमा पनि इन्टरनेट विस्तार गरेको छ । शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्य अनुसार पालिकाले विद्यालयहरुमा इन्टरनेट विस्तार गरेको घर्तीको भनाई छ ।

उहाँले अहिले चार वटा विद्यालयमा मात्रै इन्टरनेत विस्तार गरेको भन्दै अब विस्तारै अन्य विद्यालयहरुमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । ‘हाल पालिकाका तीन वटा मावि र एउटा आधारभूत विद्यालयमा इन्टरनेट विस्तार गरेका छौँ, अन्य विद्यालयहरुमा पनि विस्तारै जडान गरे योजना छ’ शिक्षा शाखा प्रमुख घर्तीले भन्नुभयो ।

विद्यालयमा इन्टरनेट जडानपछि शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्दै गए पनि केही समयदेखि अवरुद्ध हुँदा शिक्षण सिकाइमा समस्या भएको जन ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भविन्द्र पुनले बताउनुभयो । उहाँले अहिलेको युगमा इन्टरने अति आवश्यक भएको भन्दै यसले पठानपाठनमा निकै सहजता प्रदान गरेको बताउनुहुन्छ ।

‘इन्टरनेट जोडेको केही महिना राम्रोसँग चल्यो अहिले अवरुद्ध भएको छ, अहिलेको जमानामा इन्टरनेट बिना शिक्षण सिकाइ अपुरो हुन्छ,’ प्रअ पुनले भन्नुभयो ‘शिक्षालाई गुणस्तरीय प्रभाकारी गराउनका लागि इन्टरनेको विकल्प छैन, सबै विद्यालयमा यो विस्तार हुन जरुरी छ ।’ उहाँले इन्टरनेट जडानपछि विद्यार्थीहरुलाई सिक्न रुचि राखेको विषय प्रत्येक्ष देखाएर सिकाउन सकिने भन्दै तत्काल देश विशका घटनाहरुसँस सजिलै प्राप्त गर्न सकिने उहाँको भनाई छ । कोभिडको समयमा अनलाइन कक्षा संचालनमा समेत ठूलो टेवा पुगेको उहाँ बताउनुहुन्छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढा मगरले सूचना प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिमैत्री बनाउनका लागि विद्यालयहरुमा इन्टरनेट विस्तार गर्न थालेको बताउनुभयो । उहाँले सुरुमा वडा कार्यालयहरुमा इन्टरनेट जडान गरेकोमा अहिले विद्यालयहरुमा समेत विस्तार गर्न थालेको बताउनुहुन्छ ।

‘हामीले केटमाइन इन्टरनेट सेवा प्रदायकसँग सम्झैता गरेर वडाहरुमा इन्टरनेट विस्तार ग¥यौँ, विद्यालयहरुमा पनि यसको अति आवश्यक हुँदा अहिले माध्यमिक तहका विद्यालयहरुमा जडान गरेर सुरुवात गरेका छौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘शिक्षा प्रविधिमैत्री बनाउने हिसाबले इनटरनेट जडाको कामलाई अगाडी सारिएको हो, यसले पक्की पनि विद्यार्थीहरुको सिकाईमा केही नयाँपन ल्याउने र प्रभावकारी बनाउने छ ।’

तमानखोला गाउँपालिकामा कुल २४ वटा विद्यालय छन् । जस मध्ये माध्यमिक विद्यालय तीन वटा, आधारभूत विद्यालय नौ वटा र प्राथमिक विद्यालय १२ वटा रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *