बागलुङमा एमसीसी विरुद्ध प्रद्धर्शन

आदर्श अनलाइन, बागलुङ
बागलुङमा विभिन्न दलहरुले संयुक्त रुपमा एमसीसी विरुद्ध प्रद्धर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडी भएको प्रद्धर्शनमा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले एमसीसी राष्ट्रघाती भएको भन्दै कुनै हालत पास गर्न नहुने बताउनुभयो ।

ढुङ्गानाले अहिलेसम्म नेपालमा अरर्बौँ अनुदान आएको तथर संसदबाट अनुमोदन गर्ने योजना भने नआएको भन्दै यो सम्झैता नेपाल र अमेरिकाको सैन्यसँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले एमसीसी नेपालको विकासको लागि मात्र नभई नेपाललाई रणमैदान बनाएर चीन तिर केन्द्रित भएको बताउनुभयो ।

विकासको नाममा शक्ति राष्ट्रहरुको होडबाजी चलि रहेको र भोली उनीहरुको बीचमा लडाइँ चल्दा नेपाल रणमैदान बन्ने खतरा भएको ढुङ्गानाको भनाई छ । एमसीसी पास भए नेपालीहरुमाथि कुठाराघात हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महेन्द्र विक, नेकपा मसालका मेखबहादुर पाइजा र क्रान्तीकारी माओवादीका पूर्णबहादुर गुरुङले बोल्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *