स्थानीय तह निर्वाचन : बागलुङमा राजनीतिक गतिविधि बढ्यो

आदर्श अनलाइन, बागलुङ

स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर राना राजनैतिक दलहरुले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधिहरु अगाडी बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले, नेपाली कांग्रेस तथा माओवादी केन्द्र मात्रै नभएर राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त पार्टी र जसपाले समेत गतिविधि बढाउदै लगेका छन् ।

सत्तारुण दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रहरुले आआफ्नै ढंगले पार्टीका गतिविधिरु अगाडी बढाएका छन् । प्रमुख प्रतिपक्षदल नेकपा एमालेले अहिले वडा तहमै भेला र बैठक गरिरहेको छ । जिल्ला अधिवेशन सकेर संगठन विस्तार अभियानमा रहेका ठूलादलहरु चुनाव केन्द्रित हुँदै आएका हुन् । नेकपा एमालेले जिल्ला अधिवेशन, जिल्ला कमिटि बैठक सकेर पालिका हुँदै वडामा पुगेको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेश पौडेलले जानकारी दिनुभयो । “स्थानीय तहको निर्वाचन मिति तोके लगत्तै उत्साहित बनेको नेकपा एमाले र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अहिले गाउँमा भेला, बैठक तथा संगठन विस्तार अभियानमा लागि परेका छन्” पौडेलले भन्नुभयो “अहिले एमाले कसरी आफूले निर्वाचनमा विजयी हुँने भन्ने रणनीतिक योजनाका साथ गाउँ पसेको छ, अहिले सम्म बरेङ गाउँपालिका अधिवेशन बाहेका ९ वटा स्थानीय तह र सबै वडा अधिवेशन सकेर एमाले गाउँ गाउँमा पुगेको छ ।”

चुनाव केन्द्रि भएसंगै नेकपा एमालेप्रति जनताको आकषण बढिरहेको नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले बताउनुभयो । अहिले अन्य पार्टी परित्याग गरी एमालेमा जनताको लार्को नै लागिरहेको र सरकारले समयमै निवाृचन गर्नेमा आफूहरु विस्वस्त रहेको बताउनुभयो ।

अहिले सत्ता साझेदारी नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनलाई स्थानीय तहको निर्वाचन सम्मै लैजानका लागि दलीय भेटघाट बढाएका छन् भने छुट्टा छुट्टै रुपमा गाउँमा आफ्ना गतिविधिहरु समेत बढाउदै लगेको देखिन्छ ।

जिल्ला अधिवेशनपछि तातेको नेपाली कांग्रेसले पार्टी कार्यालय निर्माण, ५० लाखको कार्यालय व्यवस्थापन कोष अभियानलाई जोडेर गाउँ छिरेको नेपाली कांग्रेस बागलुङका सभापती जित शेरचनले जानकारी दिनुभयो । उहाँले कांग्रेस वडा तहमै आफ्नो निर्वाचन केन्द्रीत अभियान, संगठन विस्तार संगै पार्टी कार्यालय बनाउनका लागि सहयोग संकलन अभियान चलाई रहेको जानकारी दिनुभयो ।

“सत्ता गठबन्धनका विषयमा समेत छलफल भइरहेको छ, तर गाउँमा अहिले आ–आफ्नै ढंगले चुनावी अभियन केन्द्रि समेत भएका छौं, संगसंगै जिल्लाको पार्टी कार्यालय बनाउनका लागि सहयोग संकलन र भेटघाटलाई तिब्रता दिदै आएका छौं” शेरचनले भन्नुभयो “निर्वाचनमा कांग्रसले जनताको मन जित्नेगरी अहिले गाउँ, वडा देखि टोल सम्मै पार्टीका गतिविधिहरु बढाई रहेका छौं ।”

शेरचनका अनुसार टोलमै पुगेर निर्वाचन लक्षित समितिहरु गठन गर्दै चुनावी अभियानलाई तिब्रता दिएको छ । यस्तै गठबन्धनलाई स्थानीय तहमा कायम गरेर लैजानै अथवा अन्य विकल्प खोज्ने विषयमा गठबन्धन संग र नेकपा एमाले संग भेटवार्त बढाई रहेको र माओवादी केन्द्रले आफ्नो ढंगले गाउँ केन्द्रित अभियान चलाई रहेको नेकपा माओवादी केन्द्र बागलुङ नगर कमिटिका सचिव राजु खड्काले बताउनुभयो । माओवादी केन्द्रले बागलुङ नगरपालिकाका सबै वठा र टोलमा फागुन १४ सम्म भेला गरिसक्नेगरी प्रतिनिधि खटाएको जनाएको छ ।

जिल्लामा राम्रै पकड रहेको राष्ट्रिय जनमोर्चाले समेत पार्टीका गतिविधिहरुलाई सक्रिय बनाएको छ ।
सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन नहुँने काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले बताउनुभयो । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित थापाले स्थानीय तह पुनजनप्रतिनिधि विहिन हुँने अवस्थाको अन्त्य भएको र स्थानीय राजनैतिकदलहरु निर्वाचन केन्द्रित भएको बताउनुभयो ।

थापाले निर्वाचन मिति घोषणा संगै स्थानीय जनप्रतिनिधिहरुले गरेका कामहरु समेत जिल्लामा समिक्षा हुँन थालेको बताउनुभयो । बागलुङमा जनप्रतिनिधिसँगै राजनीतिक दल र आमजनतामा निर्वाचनको मिति घोषणाले उत्साह छाएको छ । पुन स्थानीय तहको सत्ता कर्मचारीकै हातमा पुग्ने होकी भन्ने पिरलो स्थानीय तहको निर्वाचन मिति घोषणसंगै हटेर गएको बागलुङका नेताहरुले बताएका छन् ।

जिल्लाका राजनैतिक दलहरुले आफ्नो पालिका देखि वडा सम्मै जिम्मेवारी बाडफाँट विभिन्न विभाग, फाँट, वडागत रुपमा भौगोलिक जिम्मेवारी दिएर पार्टीलाई निर्वाचन केन्द्रीत अभियान सञ्चालन गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *