‘सुपरम्यान’ शैलीमा जिपलाइन आन्तरिक पर्यटकको घुइँचो

साधना पन्त, पोखरा
पछिल्लो समय चर्चामा आएको ‘सुपरम्यान शैलिमा जिपलाइन’ साहासी खेल मध्यको एक खेल मानिन्छ । पर्वतका युवा व्यवसायीहरु मिलेर गत पुसबाट संचालनमा ल्याएको हार्नेस जिपलाइनमा अहिले निकै चहलपहल छ ।

पर्वतको सदरमुकाम कुश्मा नगरपालिका–५ चाक्लेको डिल देखी १६ सय मिटर पर कालीगण्डकी नदीको किनारको साउने बगरसम्म प्रती घन्टा ९० सेकेन्ड देखि १ सय सेकेन्डमै सुपरम्यान शैलिमा पुग्न सिकिन्छ । सुपरम्यान शैलिमा मात्र नभएर क्लासिक र एकै पटकमा दुई अथवा चार जनाले पनि जिपलाइन गर्न सकिन्छ ।

पर्वतका ७ जना युवाहरुले सामुहिक रुपमा सहासीक खेल जिपलाइनलाई सञ्चालनमा ल्याएका हुन् । युवा व्यवसायी सुनिल बानियाँ, रामचन्द्र जोशी, विदुर पौड्याल, राजकुमार बस्नेत, सागर जोशी, सूर्यबहादुर क्षेत्री र नरेन्द्र केसीले हार्नेस जिपलाइन एण्ड एडभेन्चर्स रिसोर्ट कम्पनि खोली विश्वकै दोस्रो लामो जिपलाइन सञ्चालनमा ल्याएको दाबी गर्छन् ।

कोरोनाको कहरकै बिचमा संचालनमा ल्याईएको जिपलाइनमा आन्तारिक पर्यटकको घुइचोनै लागेको संचालक सुनिल बानियाँ बताउनु हुन्छ । पर्यटन प्रर्वद्धनका लागि जिपलाइनले महत्वपुर्ण भुमिका निवाह गर्ने भन्दै जिपलाइन संचालन पछि पर्वतमा आन्तरिक पर्यटको चहलपहल बढेको बानियाँको भनाई छ ।

जिपलाइन गर्दा सुरुमा एक सय ३० किलोमिटरको गति भएता पनि अन्तिममा आफै गति घट्दै जाने र कालिगण्डकी नदिसतहको झन्डै २ सय ५० मिटरको उचाइबाट कालिगण्डकी नदिलाई २ पटक क्रस गरिने बानियाँको भनाई छ ।

कालिगण्डकी नदिको किनारमा कम्पनीले संचालनमा ल्याको रिसोर्टमा पुगेर जिपलाइनबाट ल्यानडिङ हुने भन्दै रिसोर्टमा खान बस्न र कार्यक्रम गर्नका लागि पनि सुविधा रहेको बानियाँ बताउनु हुन्छ ।

“भारत र अमेरिकाबाट सामान ल्याएर जिपलाइन निमार्ण गरेको हो, बानीयाँ भन्नुहुन्छ लगभग १५ करोडको लगानि लागेको छ, यतिमात्र होइन चाक्लेको डिलको सिधा तल र कालिगण्डकी नदि माथिको भिरमा क्याप्सुल रिसोर्टको निमार्णका लागि काम सुरु गरेका छौ ।” नेपालमा मात्र नभएर अन्य देशहरुमा पनि नगरेको कुरालाई यहाँ गर्ने भनेर फरक योजनाका साथ अगाडी बढेको बानियाँले बताउनु भयो ।

क्याप्सुल रिसोर्टको लागि ५ करोडको लगानी गर्ने बानियाँको भनाई छ । जिपलाइनले साहासी खेल खेल्न रुची राख्ने युवा मात्र नभएर अन्य उमेरमा आमा बुबाहरुको पनि आकर्षण रहेको बानियाँ बताउनु हुन्छ ।

कम्पनिका सञ्चालक रामचन्द्र जोशीले युवाहरुको साहासी खेलको रुपमा जिपलाइन भएका कारणले पछिल्लो समय जिपलाइन खेल्नका लागि मानिसको चाप बढेको बताउनु हुन्छ । पर्वत जिल्लाको पर्यटन पर्वद्धनको लागि जिपलाइनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने जोशीको भनाई छ । उहाँले अमेरिकन कम्पनी हेड रुसको जिप्सट ब्रेकिङ सिस्टमलाई पहिलो पटक प्रयोग गरेर जिपलाइनको शुरुवात गरेको भन्दै ‘सुपरम्यान’को ४५ सय, ‘क्लासिक’को ३५ सय र ‘टान्डेम’ (एकै पटकमा दुई जना) को ६५ सय रुपैयाँ मूल्य तोकिएको बताउनु भयो ।

“जिपलाइन संचालन पछि २५ जना युवालाई रोजगार दिएका छौ,’ जोशी भन्नुहुन्छ ‘आगामी दिनमा थप कर्मचारी राख्ने योजना छ, पछिल्लो समय युवाहरु विदेश पलायन भएको पाइन्छ, युवाहरु मिलेर संचालनमा ल्याएको रिसोर्टमा सकेसम्म धेरै भन्दा धेरै युवालाई रोजगार दिनका लागि थप योजनाहरु ल्याउने तयरीमा रहेका छौ ।’

स्वदेशमै गर्न चाहाने युवाहरुका लागि सरकारले पनि केही सहयोग गर्नुपर्ने जोशीको भनाई छ । उहाँले सरकारले युवा लक्षित कार्यक्रम ल्याएर युवालाई व्यवसाय मुखी बनाउनु पर्ने बताउनु भयो । हार्नेस जिपलाइन एण्ड एडभेन्चर्स रिसोर्ट कम्पनिले हिउमन सिलिङ सट गेम पनि नेपालमै पहिलो पटक संचालनमा ल्याइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *