बागलुङ नगरपालिका उपप्रमुख, वडा अध्यक्ष र प्राविधिक विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकामा हालै निर्माण सम्पन्न भएको बागलुङ बसापार्कमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता गराएको छ ।

अख्तियारले बसपार्क निर्माणको समयमा कामै नभएकोलाई भुक्तानी दिएको भन्दै नगरपालिकाका उप–प्रमुख, वडा अध्यक्ष, प्राविधिक र उपभोक्ता समिति गरी ८ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका उप प्रमुख सुरेन्द्र खड्का, पूर्व प्राविधिक प्रमुख दयाराम अधिकारी, बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष धु्रव बहादुर केसी, इन्जिनियर मनोज शर्मा, सवइन्जिनियर घनश्याम रिजाल, उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीम कुमारी आचार्य, सचिव गणनिधी शर्मा बिरुद्ध बिगोदावी तथा कैद सजायको माग गरेको आयोगका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीले विज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ ।

दावगह्रा बसपार्कको जग्गा व्यवस्थापनमा काम कागजमा लेखिएको तर कार्यस्थलमा नदेखिएको भन्दै राज्यलाई हानी नोक्सानी पार्न लगाउने प्राविधिक र जनप्रतिनिधि र बढी भुक्तानी माग्ने उपभोक्ता समिति बिद्धि मुद्दा दर्ता भएको हो ।



भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) को कसुर गरेको भन्दै दयाराम अधिकारी, घनश्याम रिजाल र मनोज शर्मालाई ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय माग गरिएको हो । दावगह्रा बसपार्क निर्माण योजनामा वडाध्यक्ष ध्रुव बहादुर केसीले वडाबाट गरेको अनुगमन प्रतिवेदन संतोषजनक रुपमा सम्पन्न भएको भनी शिफारिस पेश गरेको, नगर उपप्रमुख सुरेन्द्र खड्का संयोजक र इन्जिनियर मनोज शर्मा सदस्य सचिव भएको समितिबाट फिल्डमा भएगरेको कामहरू बास्तविक रुपमा भए नभएको एकिन गरी अनुगमन प्रतिवेदन तयार गरेको अख्तियारको आरोप छ । प्रेस विज्ञप्तीमा भनिएको छ –“सुरेन्द्र खड्का, ध्रुब बहादुर के.सी., र मनोज शर्माले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को कसुर गरेको देखिँदा निजहरुलाई ऐ.ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी छ ।”

फिल्डमा काम नभएको रकमको समेत भुक्तानी माग भएको भन्दै रु. पाँच लाख नब्बे हजार पाँच सय बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, भीम कुमारी आचार्य र गुणनिधि शर्माबिरुद्ध मुद्धा दायर भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *