अबैध नदिजन्य पदार्थ बोकेका सवारी प्रहरी नियन्त्रणमा

–आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले कालीगण्डकी नदीबाट अबैध रुपमा निकालिएको नदिजन्य पदार्थ बोकेर बागलुङ आउदै गरेका चार ट्क्टरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बागलुङ नगरपालिका–१ स्थित खनियाघाटबाट अवैब नदिजन्य पदार्थ सहित ४ वटा ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रहरीले ग १ त ६२१९, ग १ त ६७७०, ग १ त ५५४२ र ध १ त ४४७९ नम्बरका ट्याक्टरहरुले कालिगण्डकी नदीबाट अबैध रुपमा ढुङ्गा र बालुवा लोड गरि बागलुङ तर्फ आउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बागलुङ सुचना अधिकारी तथा प्रहरी निरीक्षक बिजय भण्डारीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका ट्याक्टरहरुले बागलुङ नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले दिएको अनुमतिपत्र देखाएको तर वडा कार्यालयले नदिजन्य पदार्थ उत्खनन् र ढुवानीका लागि अनुमानि दिन नमिल्ने भन्दै नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिईएका ट्याक्टरलाई आवश्यक कारवाहिको लागि नगरपालिका लाई जानकारी गराइएको प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *