जल्धारे सहकारी पोखरा र आदर्श सञ्चार सहकारीबीच अन्तरक्रिर्या

–आदर्श अनलाइन, बागलुङ

पोखरा स्थित जल्धारे बचत तथा ऋण सहकारी संस्था लिमिटड पोखरा महानगरपालिका– २६, बुढिबजार, कास्कीले बागलुङको आदर्श सञ्चार सहकारी संस्थाको अवलोकन गरेको छ ।
आइतबार संस्थाको अवलोकन पछि भएको अन्तरक्रिर्या कार्यक्रममा आदर्श सञ्चार सहकारीका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले आदर्श सञ्चारद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक, अग्रसार साप्ताहिक, आदर्श सञ्चार डटकमको विषयमा जानकारी गराउनुभएको थियो ।



जिसीले संस्थालेका गरेका सामाजिक कामहरु संगै आगमी राणनैतिक योजनाको विषयमा जानकारी गराउदै एक अर्का सहकारी बीचको अनुभव आदान प्रदानले सहकारीहरुको क्षमता विकास भएर जाने बताउनुभयो ।

कार्यक्रममा जल्धारे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकान्त ढुङ्गानाले ठूला शहरमा नभएर शाना सहरमा समेत नमूना सहकारी भएको र अनुभव आदन प्रदान गर्नका लागि बागलुङका शहकारीहरुको अवलोकन भ्रमण गर्न आएको बताउनुभयो । कार्यक्रममा सहकारीकर्मीहरुले सहकारीमार्फत सञ्चार क्षेत्रको विकासमा आदर्शको उदारणीय कार्य भएको धारण व्यक्त गरेका थिए ।


कार्यक्रममा आदर्श सञ्चार सहकारीका अध्यक्ष तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी अन्जुले जल्धारे बचत तथा ऋण सहकारी संस्थालाई मायाको चिनो प्रदान गर्नुभएको थियो । उहाँले सहकारी बीचको अनुभव आदान प्रदानले सहकारीको विकासमा धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारीको देशभरबाट सहकारीकर्मीहरु अवलोकन भ्रमण आउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *