कालीगण्डकी करिडोरकाे मालढुङ्गा–बलेवा कालोपत्रेका लागि बजेट सुनिश्चितता

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रे हुँने भएको छ । कालिगण्डकी करिडोरको बागलुङ खण्ड अन्र्तगत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडक खण्ड कालोपत्रेका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चताता गरेसंगै सडक कालोपत्रे हुँने भएको छ । बागलुङ खण्ड अन्र्तगतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक विभागलाई हस्तान्तरण भइसकेको छ ।

हस्तान्तरण भएको ३८ किलोमिटर सडक मध्ये शुरुमा हस्तानतरण गरिएको मालढुङ्गा देखि बलेवा विमानस्थल सम्मको सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरी बहुवर्षीय ठेक्का प्रकृयिाका लागि भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयलेलाई पत्र पठाइसकेको अर्थ मन्त्रालयका शाखा अधिकृत सुसिला देवि भट्टले जानकारी दिनुभयो ।

नेपाल सरकारले कालिगण्डकी करिडोरको कालोपत्रेका लागि गैडाकोट–राम्दी–मालढुङ्गा सम्मको सडक कालोपत्रेका लागि विनियोजन भएको रु. एक अर्ब एक करोड १८ लाख १७ हजार मध्ये बागलुङ खण्ड अन्र्तगतको मालढुङ्गथा बलेवा बिमानस्थल सम्मको १० किमि सडक कालोपत्रेका लागि बहुवर्षीय ठेक्का प्रकृयामा जान स्रोत सुनिश्चितता गरेको पत्र अर्थ मन्त्रालयले फागुन १८ गते भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा पठाएको छ ।

सडक विभागलाई हस्तान्तरण गरेको दुई वर्षमा बल्ल उक्त सडक कालोपत्रेका लागि बजेट बिनियोजन भएको छ । करिडोर अन्र्तगतको मालढुंगादेखी बलेवा बिमानस्थल सम्मको १० किलोमिटर सडक १० मिटर चौडा बनाई सडक विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरेको थियो ।

कोरोनाका कारण प्रभावित बनेको कालिगण्डकी करिडोरको बागलुङ खण्डको बलेवा विमानस्थलदेखि पालुङखोला सम्म २८ किलोमिटर सडक १० मिटर चौडा पार्ने कार्य सकिएर गत असारमा करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई हस्तानतरण गरेको छ ।

सडक विभागले कालोपत्रेमा ढिलाईका बिषयमा नागरिकबाट गुनासो र आलोचना हुन थालेपछि अर्थ मन्त्रालयले बजेट निकासा गरेको हो । नेपालीको भाग्यरेखाका रुपमा रहेको भारत र चीन संग जोडेर त्रिदेशिय सम्पर्कको रुपमा स्थापित हुँने करिडोरको काम अगाडी बढ्ने अपेक्षा गरिएको छ । सपान साकार हुँदै आएको छ ।

मालढुङ्गा देखि बलेवासम्मको सडक कारोनाका कारण कालोपत्रेमा ढिलाई भएको भएपनि अन्तत बजेट सुनिश्चितता संगै सडक कालोपत्रेका लागि ठेक्का प्रकृयामा जानु बागलुङका लागि खुसीको कुरा भएको बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठकले बताउनुभयो ।

“लामो समयको प्रयासपछि बजेट सिनिश्चिताता संगै कालोपत्रेका लागि गएको छ, कोरोनाका कारण वातावरणीय प्रभाव मुल्याङ्कन तथा डिपिआरका लागि केही ढिलाई भएको थियो, आश गरौं राम्रो ठेकेदार परेमा अबको दुई÷तीन वर्षमा सडक कालोपत्रे भइसक्ने छ” डा. पाठकले भन्नुभयो “बागलुङको भविश्य संग जोडिएको कारिडोर कादलोपत्रे भएसंगै अहिले धमाधम धावनमार्ग कालोपत्रे भइरहेको बलेवा बिमानस्थल समेत सञ्चालनका लागि सहज हुँनेछ ।”

कालीगण्डकी करिडोर त्रिदेशिय सडक हो । यसले छिमेकी भारत र चिनलाई जोड्नेछ । मालढुंगादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरेर सडक हस्तान्तरण गरेको छ । २०७० को असारमा शिलान्यास गरेपछि सेनाले ८० किमि ट्रयाक खोलेको थियो । सबै सडक खण्डको ट्रयाक खुलेपछि चौडा पार्ने काम पनि सेनाकै जिम्मामा सडक चौडा पारिएको छ । अब सडककमा नाली र कालोपत्रे लगायउतका काम बाँकी छ । अत्यधिक पहरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएपछि ट्रयाक खुलेको थियो । २०५७ पुस १ गतेका दिन गुल्मीमा शिलान्यस भएको उक्त सडक २१ वर्ष पछि कालोपत्रेको अवस्थामा आएको छ । करिडोरको बागलुङ र गुल्मी खण्डको ८० किलोमिटर मध्ये पाँच वटा खोलामा बेलिब्रिज निर्माण छन् ।

८५ किलोमिटर सडक बेनी देखि मुस्ताङको कागवेनी सम्मको सडकको ट्रयाक नेपाली सेनाले खुला गरी २०६८ सालमा उक्त सडक खण्ड सडक विभागलाई हस्तान्तरण गरिसकेको छ कागवेनी देखि कोरला सम्म अहिले धमाधम काम भइरहेको छ । गुल्मी देखि बागलुङको मालढुङ्गा सडकको ट्रयाक खोल्न नेपाली सेनाको कार्यदललाई २०७० सालको वैशाखमा जिम्मा लिएर ट्रयाक खोलेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *