जनजागरणमा धौलागिरी जागरण दैनिकको भूमिका महत्वपूर्णः पूर्वप्रधानमन्त्री ओली

आदर्श अनलाइन, पोखरा
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकले १५ औं वार्षिकोत्सव सोमबार पोखरामा मनाएको छ ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनजागरणमा जागरण दैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारी मार्फत डेढ दशक अघि देखि प्रकाशन गरेको पत्रिका मार्फत सञ्चालित पत्रिकाले स्थानीय स्तरमा खेलेको भूमिकाले समाज बदल्न सहयोग मिलेको बताउनुभयो ।

No description available.

समाजको हर परिवर्तनका लागि पत्रकारिताको भूमिका अपरिहार्य भएको उल्लेख गर्दै ओलीले पत्रकार जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले सहकारी मार्फत संस्थागत रुपमा सञ्चार माध्यम सञ्चालन गरेर उदाहरणीय कार्यको प्रयास भएको र आगामी दिनमा कुनै लहडमा नभई तथ्यमा पुगेर पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्नुभयो । सहकारी नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा भएकाले सहकारीलाई उद्धेश्यमा केन्द्रित गरेर सञ्चालन गर्न सके समाज र देशले गति लिन सक्ने बताउनुभयो ।

No description available.

“सहकारीले बचत तथा ऋण मात्रै गर्छ भन्ने छ तर यस्ता पनि सहकारी छन् जसले सञ्चारको क्षेत्र र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि थुप्रै काम गरेको देखियो” पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो “जनजागरण अभियानमा आदर्श सञ्चार सहकारी र यसले प्रकाशन गर्ने धौलागिरी जागरणले थप सफलता हासिल गरोस्, दूर दराजमा लुकेर रहेका कुरालाई उजागर गर्दै समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सार्थक तुल्याओस् ।” सञ्चार मार्फत समृद्ध समाज निर्माणमा जागरण दैनिक जस्ता सबल सञ्चार संस्था स्थापना हुनुपर्ने उहाँको जोड छ ।

No description available.

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका गण्डकी प्रदेश सह–इञ्चार्ज मन कुमारी केसीले सबल सशक्त र दीगो सञ्चार संस्थाको आवश्यकता बोध गरेर सुरु गरिएको पत्रिका डेढ दशक अविछिन्न प्रकाशित हुनु सुखद सन्देश भएको बताउनुभयो । लामो समय महिलाले नेतृत्व गरेको सहकारीले सञ्चारका साथै आर्थिक, सामाजिक र परोपकारी क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

No description available.

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले संस्थागत रुपमा जिल्ला स्तरमा धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक प्रकाशन गरिएको र प्रविधिको तिव्रतर विकाससँगै प्रादेशिक स्तरमा आदर्श सञ्चार डट कम सञ्चालन गरिएको बताउनुभयो ।

No description available.

आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुले सहकारीले सञ्चार क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएको र आगामी दिनमा गण्डकी प्रदेशको राजधानी पोखराबाट सेवा दिने उद्धेश्य रहेको बताउनुभयो ।

No description available.

२०६३ फागुन २३ गते देखि प्रकाशित धौलागिरी जागरणले आफ्नो सहप्रकाशनका रुपमा अग्रसर साप्ताहिक, आदर्श सञ्चार डटकम सञ्चालन, धौलागिरी टेलिभिजनमा समेत सहकार्य गर्दै आएको आदर्श सञ्चार सहकारीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *