गलकोटमा प्रथम मेयरकप प्रतियोगिता शुरु

सरिता खत्री, गलकोट

गलकोटमा प्रथम मेयर कप खुल्ला पालिकास्तरीय पुरुष भलिवल प्रतियोगिता र विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरीएको छ ।

कार्यक्रमको उद्घाटनपछि वोल्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले खेलकुदको माध्यवाट पर्यटन प्रवद्र्धन हुने वताउनुभयो । उहाँले खेलकुद महत्वपुर्ण पक्ष हो मन्त्रि श्रेष्ठले भन्नुभयो, खेलकुदका नियम परिधी र सिद्धान्तले खेललाई तथा खेलाडिलाई अनुशासित वनाउँदछ, अनुशासित र मर्यादित रुपमा खेल प्रदर्शन गर्ने खेलाडिको व्यवहारले समाजलाई सकारात्मक वाटो दिने उहाँले वताउनुभयो ।

गण्डकि प्रदेशमा आफु शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भित्रका विषयवस्तुहरु समाधान गर्न आफु सधै प्रतिवद्ध रहेको वताउनुभयो । उहाँले समाज रुपान्तरणका लागि शिक्षाले सहि वाटो दिने वताउनुभयो । उहाँले शिक्षाको माध्यमवाट विकृति विसङ्गति अन्त्य गर्दै अनुशासित समाज निर्माण गर्न सवै नागरीक गोलवद्ध हुनुपर्ने वताउनुभयो । उहाँले शिक्षालाई समयअनुसार परिमार्जन गर्नुपर्ने वताउँदै वर्तमान शिक्षालाई परिवर्तन गरी समय र आवश्यकताअनुसारको शिक्षाको व्यवस्थापन गर्न सके हाम्रा सन्ततिले वैदेशिक यात्रामा नजानुपर्ने वताउनुभयो ।

कार्यक्रममा वोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकालाई खेलकुदको माध्यमवाट विकास गर्ने योजना नगरपालिकाले वनाएको वताउनुभयो । उहाँले खेलकुदको संस्थागत विकासका लागि राष्ट्रिय महिला भलिवल प्रतियोगिता समेत केहि समय अगाडि सम्पन्न गरेको वताउँदै खेलकुदलाई व्यवस्थित र संस्थागत गर्न निति कार्यक्रममै समावेश गरी वजेटको व्यवस्था गरीएको वताउनुभयो । उहाँले गलकोटका खेलाडिहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाउँदा गलकोट क्षेत्रको गरीमा वृद्धि भएको वताउँदै राष्ट्रिय स्तरमा जुनकुनै खेलमा सहभागि खेलाडिलाई सम्मान गर्ने उद्घोष गर्नुभयो ।

गलकोट नगरपालिका खेलकुदका लागि मैदान हो, नगरप्रमुख गैरेले भन्नुभयो खेलकुदको प्रवद्र्धन तथा अनुशासित खेलाडि उत्पादनको लागि गलकोट नगरपालिका सदैव तत्पर रहेको छ । कार्यक्रममा गलकोट नगरपालिका सामाजिक विकास समिति संयोजक हिम वहादुर भण्डारी हेमन्त, जिल्ला खेलकुद विकास समिति अध्यक्ष कुमार खड्का, जिल्ला भलिवल संघका अध्यक्ष याम श्रीस, नेपाल कम्युनिष्ट पार्टि एमाले गण्डकि प्रदेश सदस्य वावुराम नेपाली, नेपाली कांग्रेस गलकोट नगरसभापति विरजंग भण्डारी, नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र गलकोट नगर अध्यक्ष तिलक उप्रेति, राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक केसी, नेपाल शिक्षक संघ गलकोटका अध्यक्ष हरी चालिसे एविसी, पृथ्वि माद्यमिक विद्यालयका प्रधानाध्यापक वद्री प्रसाद ढकाल, प्याव्सन गलकोटका अध्यक्ष विर वहादुर वोहोरा क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्घाटन कार्यक्रम गलकोट नगर खेलकुद विकास समितिका अध्यक्ष योगेश भण्डारीको अध्यक्षता, गलकोट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाको स्वागत तथा गलकोट नगरपालिका शिक्षा शाखाका प्राविधीक सहायक मनु सिंजालिको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै आज भएको विद्यालय स्तरिय छात्र भलिवल प्रतियोगितावाट गलकोट माद्यमिक विद्यालय, पृथ्वि माद्यमिक विद्यालय, एरा मदरल्याण्ड वोर्डिङ स्कुल र न्यु लाईफ वोर्डिङ स्कुल सेमिफाईनलमा प्रवेश गरेका छन् ।

त्यस्तै विद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगितामा गलकोट माद्यमिक विद्यालय र पाण्डवखानि माद्यमिक विद्यालय फाईनलमा प्रवेश गरेका छन् । त्यस्तै आज गलकोट नगरपालिका र शुक्ला गण्डकि नगरपालिका विच मैत्रीपुर्ण खेल सम्पन्न भएको छ । त्यस्तै आज भएको विद्यालय स्तरिय १ सय मिटर दौड प्रतियोगितामा गलकोट माद्यमिक विद्यालयका पुजा पाईजा प्रथम, सरस्वति माद्यमिक विद्यालयका देवि दर्जि द्धितिय र महेन्द्र माद्यमिक विद्यालयका अप्सरा खत्री तृतिय हुनुभएको छ । त्यस्तै छात्रतर्फ जनजागृति माद्यमिक विद्यालयका देविन्द्र दर्जी प्रथम, न्यु लाईफ वोर्डिङ स्कुलका रोहन भण्डारी द्धितिय र गोल्डेन फ्युचर वोर्डिङ स्कुलका सागर साहनि तृतिय हुनुभएको छ । त्यस्तै छात्रा रिले दौड प्रतियोगितामा जनजागृति माद्यमिक विद्यालय प्रथम, गलकोट माद्यमिक विद्यालय द्धितिय र पाण्डवखानि माद्यमिक विद्यालय तृतिय भएका छन् ।

त्यस्तै छात्रतर्फ गलकोट माद्यमिक विद्यालय प्रथम, पाण्डवखानि माद्यमिक विद्यालय द्धितिय र जनजागृति माद्यमिक विद्यालय तृतिय भएका छन् । त्यस्तै २ सय मिटर दौड प्रतियोगितामा छात्रातर्फ गलकोट माद्यमिक विद्यालयका विनिता नेपाली प्रथम, पाण्डवखानि माद्यमिक विद्यालकाय दिपिका घर्ती द्धितिय र खरुवा माद्यमिक विद्यालयका पवित्रा भण्डारी तृतिय भएका छन् । त्यस्तै छात्रतर्फ गलकोट माद्यमिक विद्यालयका सन्दिप सहानि प्रथम, न्यू लाईफ वोर्डिङ स्कुलका प्रकाश अधिकारी द्धितिय र पाण्डवखानि माद्यमिक विद्यालयका कमल विक तृतिय हुनुभएको छ । त्यस्तै त्रिपल जम्प प्रतियोगितामा छात्रातर्फ गोल्डेन फ्युचर वोर्डिङ स्कुलका सन्ध्या खड्का प्रथम, गलकोट माद्यमिक विद्यालयका समिक्षा परियार द्धितिय र न्यू लाईफ वोर्डिङ स्कुलका नविना खत्री तृतिय हुनुभएको छ । त्यस्तै छात्रतर्फ गलकोट माद्यमिक विद्यालयका नर वहादुर दर्जि प्रथम, न्यू लाईफ वोर्डिङ स्कुलका विशाल परियार द्धितिय र चौराहा माद्यमिक विद्यालयका विशाल सुनार तृतिय हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *