काठेखोलामा रित्तिदै माओवादी केन्द्र

रोहन जि.सी, बागलुङ

नेकपा माओवादी केन्द्र जिल्ला कमिटि बागलुङका सचिवालय सदस्य नविन कंडेल सहित काठेखोला गाउँपालिका वडा नं. ५ र ६ का १ सय ८० जना बुधवार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ५ र ६ ले बुधवार बिहुस्थित कोटमा आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टी छोडेर एमाले प्रवेश गरेका हुन ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्यद्वय लिला बहादुर थापा र मन कुमारी केसी जिसी लगायत एमालेका नेताहरुले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेस छोडेर एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गर्नु भएको थियो ।

काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य जमुनादेवी कंडेल, माओवादी केन्द्र समर्थित शिक्षक संगठनका जिल्ला सदस्य चिरञ्जिवी कंडेल, वडा नं. ५ पार्टी कमिटिका अध्यक्ष उमाकान्त कंडेल (गोपाल), गाउँपालिका कमिटिका सदस्य डिल बहादुर विक, बल बहादुर विक लगायत दुइवटा वडाका १ सय ८० जना एमाले प्रवेश गरेको एमाले काठेखोला गाउँपालिकाका उपाध्यक्ष युक्तप्रसाद कंडेलले जानकारी दिनुभयो ।

माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका नविन कंडेल र चिरञ्जिवी कंडेलले छिन्न भिन्न अवस्था रहेका वामपन्थी शक्तिहरुको बीचको एकताका लागि आफुहरु एमाले प्रवेश गरेको बताउनु भयो ।उहाहरुले बामपन्थी शक्तिहरु मध्येको नेकपा एमाले नै मुलुक परिवर्तनका सम्वाहक हो भन्ने ठहरका साथ आफुहरु एमालेमा आवद्ध भएको भन्दै बामपन्थी ध्रुविकरणमा लाग्न आम बामपन्थी नेता कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा तथा खेलकूद विभाग प्रमुख लिला बहादुर थापा मगर, पोलिटव्युरो सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज मनकुमारी केसी जिसी, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले समृद्ध नेपाल निर्माणको सम्वाहक एमालेमा आवद्ध भएर मुलुक परिवर्तनमा योगदान गर्न आव्हान गर्नु भयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष थानेश्वर कंडेलको अध्यक्षता, पालिका उपाध्यक्ष युक्तप्रसाद कंडेलको सञ्चालन र वडा नं. ५ का अध्यक्ष हिरालाल सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *