महिलालाई आत्मानिर्भर बनाउँदै ताराखोला

साधना पन्त, पोखरा
ताराखोला गाउँपालिका वडा नम्वर ५ का महिलाहरुलाई पछिल्लो समय फुर्सदनै छैन् । आफ्नो घर धन्दा सक्ना साथ त्यहाँका माहिला दिदीबहिनीहरु झोला बनाउन तिर लाग्दछ । गाउँमा सधै मेला पात गर्ने, घर धन्दा गर्ने मात्र काम गरेका महिला दिदीबहिनीहरु अहिले सिप सिकेर आत्मनिर्भर बनेका छन् ।

ताराखोला गाउँपालिकाकी गौमती घर्ती भन्नुहुन्छ “सामान्य शिक्षा समेत नलिएका हामीलाई लाग्ने थियो अब जिन्दगी सधै मेलापातमा जाने भयो, तर हातमा सिप भए किताबी ज्ञानको मात्र आवश्यकता पर्दो रहेनछ आत्मानिर्भर बन्न, बिगत केही महिनाबाट हामीहरु आत्मनिर्भर भएको महशुस गरेका छौ ।” ताराखोला गाउँपलिकाले ९ जना महिलालाई झोला सिलाउने तालिम गत पुष महिनामा १५ दिन दिएको घर्तीले बताउनु भयो । सुरुमा मेसीन सम्म चलाउन नजान्ने हामी महिलाले अहिले विभिन्न डिजाइनका झोला, पर्सहरु बनाएर विक्री गरेको धर्तीले बताउनुभयो ।

“हाम्रो समुहमा सवै विबाहित महिला छौ” घर्ती भन्नुहुन्छ “दूई÷तीन जनाले होला ४ कक्षा सम्म पढेका, उमेर २१ वर्ष देखी ४० वर्ष सम्माका छौ तर हामीलाई राम्रो संग पढ्न लेख्न पनि आउदैन्, सधै मेलापात, आँसी, कुचो समातेका यी हातले अहिले दैनिक १ देखी ३ वटासम्म झोला बनाउऔं ।” घर घन्दा संगै फुर्सद मिलाएर झोला बनाउदै आएको घर्तीको भनाई छ ।

शुरुमा ताराखोला व्याग डिजाइन सिलाइ लघु उद्यमी समुह दर्ता गरेर रु.२ लाख लगानीमा झोला बनाउन सुरु गरेका घर्तीले बताउनुभयो । “गाउँमा हामीले बनाएका झोला, पर्स, साइड व्याग र पुरष महिलाको लागि हाते व्याग उत्पादन गरेर हामीले विक्रि गरेका छौ” घर्ती भन्नुहुन्छ “सुरुमा विक्रि गर्न सुरुमा समस्या भएता पनि पालिकाका अध्यक्षलेनै हाम्रो झोलाको विभिन्न समयमा प्रचार गरेकोले अहिले समय समयमा झोलाको अडर आएको छ ।”

हाम्रो लगानी गरेको अहिलै नउठे पनि हामीले मासिक रुपमा २० हजार आम्दानी गरेका छौ, कच्चा पदार्थ महङ्गो भएका कारणले हामीले केही समय समस्या पाएका थियौ तर अहिले भने हामीलाई खासै समस्या छैन्–उहाँले भन्नुभयो ।

गाउँमै उत्पादन भएको झोलालाई हामीले ७ सय देखी ९ सय सम्म विक्रि गरेका छौ । गाउँपालिकाको कारणले अहिले सिप सिकेर आफ्नै खुटामा उभिएको भन्दै योबिना रोकाले खुसी व्यक्त गर्नुभयो । २१ वर्षकी योवीनाले पहिला कृिष पेसा गरेर आफ्नो घर चलाउदै आएको तर अहिले झोला बनाएर आत्मनिर्भर बनेको बताउनुभयो ।

पालिकाले ३ वटा विद्युतिय मेसीन दिएको योविनाले बताउनुभयो । योविना भन्नुहुन्छ “हामीले मेसिन र हातले झोला बनाउन्छौ, आधुनिक खालको झोला बनाएका छौ, विद्यालयका बाल बच्चा देखि सवै उमेरका मानिसहरुका लागि हामीले व्यागहरु बनाएका छौ” उहाँले भन्नुभयो ।

योविना भन्नुहुन्छ “पालिकाको सहयोगमा गाउँँका माहिलाहरुलाई आत्मनिर्भर गराएको छ, हामीले अझै राम्रो बजार पाउन सकेका छैनौ, तर हामीहरु आत्तिएका छैनौ हामीले प्रयास गर्नेछौ र पालिकाले पनि हामीलाई हौसाला दिएको छ । आगामी दिनमा थप व्यवस्थापन गरेर नयाँ–नयाँ डिजाइनका झोला बनाउने योजना बनाएको योविना बताउनुहुन्छ ।

महिलालाई पालिकाले आत्मनिर्भर गराउने उद्देश्यका साथ उनिहरुलाई झोला बनाउने तालिम र उपकरण प्रदान गरेको र उनिहरुले नियमित झोला उत्पादन गर्दै आएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *