आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले एमसीसीको विषयमा नेपालका कम्युनिष्ट पार्टीहरुले दोहोरो चरित्र देखाएको बताताउनु भएको छ । नेपाली काँग्रेस बागलुङले संचालन गरेको ‘घरघर जाऔं काँग्रेस जिताऔं अभियान र जनतासँग नेपाली काँग्रेस अभियान अन्तरगत आईतबार बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा भएको कार्यक्रममा बोल्दै सिवाकोटीले अहिले असुन्तुष्टी जनाएको राजनीतिक दल र त्यही दलका शिर्ष नेताहरु नै एमसिसीको विषयमा संलग्न रहेता पनि जनताका अगाडी ओभानो हुन खोजेको आरोप लगाउनुभयो ।
सिवाकोटीले यस विषयमा काँग्रेसलाई दोष थुपारेर आफु उम्किन खोजेको बताबताउनुभयो । ‘एमसीसी परियोजना एउटा अनुदानको कार्यक्रम हो, यसले देशको विकासका निम्ती सहयोग गर्छ सिवाकोटीले भन्नुभयो,–‘केपी ओली, झलनाथ, माधव प्रचण्ड चित्रबहादुर सबै यसमा संलग्न भएका छन्, अहिले पानी माथिको ओभानो बनेर काँग्रेस प्रति दोषारोपण गर्दै हिँडेका छ, एमसीसी देशका लागि आवश्यक परियोजना हो, यो काँग्रेसले योग्य ठानेर पास गरेको हो ।’
उहाँले केही असन्तुष्ट दलका नेताहरु भ्रम फैलाउँदै हिँडेको र अहिलेसम्म यो विषयमा फैलाएका सवै भ्रमहरु चिर्नकै निम्ती काँग्रेसले अभियान संचालन गरेको बताउनुभयो । सिवाकोटीले आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसका पक्षमा जनमत पार्नका निम्तीनै घरघर जाने कार्यक्रम तय गरेको बताउनुभयो । ‘हामी कसैलाई पनि अबको स्थानिय तहको निर्वाचनमा हार्ने छुट छैन सिवाकोटीले भन्नुभयो,–‘काँग्रेसकै पक्षमा जनमत पार्नका निम्ती यो अभियान संचालन गरेका छौं अभियानमा मसिनो गरेर जनताको घरघरमा पुग्छौं, उनीहरुका समस्या बुझछौं र समाधान गर्ने गरी निर्वाचतमा जान्छौ चुनाव जितेर जनताको समस्याको समाधानमा लाग्नेछौं ।
सिवाकोटीले नेकपाको सरकारले ३ वर्ष गरेका जनविरोधी कार्यक्रमहरुको पर्दापास गर्न र काँग्रेसले गरेका राम्रा कामको जनता समक्ष पु¥याउन कार्यकर्तालाई आग्रह गर्नुभयो । सिवाकोटीले पूर्व मन्त्री गोकुल बास्कोटाले गरेको अनियमिताको कुरा बाहिर आए पनि पावरकै भरमा यो विषय अलमल परेको बताउनुभयो । काँग्रेस सवैको भरोसा र जिम्मेवारी पार्टी भएको हुँदा यसमा सवै जनताले विश्वास गरेर जनमत सिर्जना गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेश कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठले अबको स्थानिय तको निर्वाचनमा गाउँको विकासका निम्ती काँग्रेसले जित्न आवश्यक रहेको बताउनुभयो । श्रेष्ठले जनताको घरदैलोमा गएर उनिहरुका समस्या बुझनकै निम्ती काँग्रेसले अभियान संचालन गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका निवर्तमान सभापति दिपेन्द्र बहादुर थापा पुर्व उपसभापति जगदिशचन्द उपाध्याय, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य पार्वती आचार्य, क्षेत्रीय सभापती चण्डी प्रसाद शर्मा पौडेल, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल दारी, क्षेत्र नं. १ प्रदेश सभा (क) का सभापति हरिबहादुर जिसी, काँग्रेस बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबु, पुर्व आमन्त्रीत जिल्ला सदस्य मुक्तिराम सापकोटा नेपाली लेखक संघका केन्द्रीय सदस्य धनराज सापकोटा,पुर्व क्षेत्रीय सदस्य तेजबहादुर कुँवर सन्तोष, पुर्व सभापति भुवानी शंकर सापकोटा लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको उद्देश्य र विषयवस्तुका बारेमा कार्यक्रमका संयोजक एवं जिल्ला सदस्य जगन्नाथ आचार्यले प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रम नेपाली काँग्रेस बानपा–५ मालिकाका सभापति फुलप्रसाद सापकोटाको अध्यक्षता उपसभापति भिमबहादुर खत्रीको स्वागत र सचिव बलराम सापकोटाको संचालनमा सम्पन्न भएको थियो । नेपाली काँग्रेसले देश व्यापी सञ्चालन गर्न लागेको ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियानको अगामी चैत्र २९ गतेसम्म सञ्चालन हुनेछ ।