डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनुभयो । बागलुङमा सोमरदेखि सुरु भएको बृहत स्वास्थय शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले महामारीले सबैलाई ठूलो पाठ समेत सिकाएको उहाँको भनाई छ ।
उहाँले नागरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्नसके अस्पतालको खाँचो नहुने भन्दै गुणस्तरीय सेवा प्रदानका लागि डाक्टरहरुको तलब पनि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले फरक प्रसंगमा बोल्दै निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।
निर्वाचनको समयमा दलहरुले गर्ने कार्यक्रमहरुमा हुने खर्च कम गर्न र विकासका काममा साझा धारणा बनाउनका लागि सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो । निर्वाचनको समयमा मात्रै दलहरु सक्रिय हुने गरेको भन्दै उनले सधैं जनता, र विकासका लागि काम गर्ने हो भने निर्वाचन केन्द्रित कार्यक्रम आवश्यक नरहेको बताउनुभयो ।
विकास निर्माणको सन्दर्भमा सबै राजनीतिक दलहरुको एउटै धारणा हुनुपर्नेमा जोड दिए । निर्वाचनको समयमा हुने झैझगडालाई लक्षित गर्दै उनले मतदाताको टाउको फुटाएर उसैसँग मत माग्ने नैतिकता राजनीतिक दलहरुसँग नहुने जिकिर गर्नुभयो ।