तमानखोलामा प्याराग्लाइडिङ दुर्घटना, ब्रिटिस नागरिक गम्भीर

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
बागलुङको तमानखोलामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा ब्रिटिस नागरिक माक्किन्टोस डोनाल्ड गम्भीर घाइते भएका छन् । प्याराग्लाइडिङ बुधबार दिउसो ४ बजे तमानखोला गाउँपालिका वडा नम्बर १ सिनिका भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङ रुखमा अड्कीइ भुईमा खसेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीचौकी बुङ्गादोभानमा खबर गरेका थिए । खबर पाउना साथ प्रहरी नायव निरीक्षक पदम बहादुर नेपालीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगी स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको भण्डारीको भनाई छ ।

घाइते डोनाल्डको सामान्य उपचार पश्चात थप उपचारको लागि डाइनेस्टि एयरको हेलिकप्टर मार्फत पोखरा पठाइएको प्रहरीले जनाएको छ । उनको ढाड र बायाँ हातमा चोट लागेको बताइएको छ । उनी कँहाबाट टेकअफ भएको भन्ने नखुलेको हुदा जिल्ला प्रहरी कार्यालय बागलुङले कास्की र स्याङ्जा बुझ्ने कार्य भईरहेको बागलुङ प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *