बागलुङमा सोमबारदेखि विज्ञान मेला हुँदै

आदर्श अनलाइन, बागलुङ

वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलुङमा विज्ञान मेला आयोजना गरिको छ ।

नेपाली समाजमा लुकेर रहेका वैज्ञानिक सम्बन्धी कला बाहिर ल्याउन, वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि प्रर्बद्धनात्मक कार्यक्रम गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यस वर्षको विज्ञान मेला बागलुङमा गर्न थालेको बागलुङमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

बागलुङ, पर्वत र म्याग्दीका १० सामुदायिक विद्यालयका ७० जना विद्यार्थीहरुको वैज्ञानिक आविस्कार तथा क्षमता प्रर्दशन गर्ने, विज्ञान सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता र समाजको लागि विज्ञान विषयमा कविता वाचन गर्ने नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)का प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रचार्यले जानकारी दिनुभयो । चैत ७ देखि ९ गते सम्मच सञ्चालनमा आउने विदालय स्तरीय प्रतियोगितत्कम विज्ञान मेलामा उत्कृष्ट हुँने विद्यार्थीलाई सम्मान समेत गरिने छ ।

नास्टले बागलुङको जेठो विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयमा विज्ञान मेलाको अयोजना गरेको छ । बागलुङका चार सामुदायिक, पर्वतका दुई र म्याग्दीका दुई सामुदयिक विद्यालयका विद्यार्थीहरु सहभागी गराइने नास्टले जनाएको छ । २५ विद्यालय सहभागी गराइने कार्यक्रम भएपनि कोरोना र बजेट अभावका कारण १० विद्यालयमा मात्रै कार्यक्रम सिमित गराइएको छ ।

कार्यक्रममा सामुदायिक विद्यालयमा विज्ञान शिक्षक बीच अन्तरक्रिर्या, समस्या र विज्ञानको क्षेत्रमा भएको विद्यार्थीको योगदान र प्रर्बद्धनका विषयमा समेत छलफल गरिने छ । “यो विज्ञान मेलाले विद्यार्थीको प्रतिभा बाहिर ल्याउने छ, उत्कृष्टलाई प्रोत्साहन समेत गरिनेछ” महाशाखा प्रमखु बज्रचार्यले भन्नुभयो “विज्ञान र प्रविधिको क्षेत्रमा नास्टले नवप्रतिभालाई प्रोस्ताहन गर्नेगरी विज्ञान मेला आयोजना गर्दै आएको छ ।”

बज्रचार्यका अनुसार २०३९ सालमा स्थापना भएको नास्टले हाल सम्म काठमाण्डौं उपत्यका बाहेक ६४ जिल्लामा विज्ञान मेला गरिसकेको छ । जस्बाट १६ हजार विद्यार्थी र स्थानीय समुदायहरु लाभान्वीत भएका छन् ।

विज्ञान मेलामा प्रत्येक विद्यालयले तीन उत्कृष्ट वित्रान सम्बन्धी कला प्रर्दशन गर्न सक्ने र एउटालाई मात्रै प्रतियोगितमा समावेश गराइने छ । विज्ञान मेलामा प्रत्येक विद्यालयको ६ जना विद्यार्थी र एक विज्ञान शिक्षक सहभागी गराईने छ । मेलाको चैत ७ गते बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *