बागलुङ नगर अध्यक्षले छोडे माओवादी केन्द्र


आदर्श अनलाइन, बागलुङ

नेकपा माओवादी केन्द्र बागलुङ नगरका अध्यक्ष इन्द्र केसी पारसले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । इन्द्र केसी पारसले आज एक प्रेस विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले राष्ट्रियताको सावालमा खेलेको दोहोरो भूमिका र एमसीसी प्रकरणका कारण आजकै मितिदेखि माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।

उहाँले माओवादीले जनयुद्धमा उठाएको मुद्दा विर्सदै गएको आरोप लगाउदै नेता केसीले आफू माओवादी केन्द्रको राजनीतिमा दृणतापूर्वक उभिदै आएपनि पार्टी सिद्धान्त विपरित जान थालेपछि पार्टीबाट अलग हुँने निर्णयमा पुगेको बताउनुभयो ।

पार्टी परित्यागको विषयमा आदर्श अनलाईनको प्रतिकृयामा उहाँले अहिले आफू विभिन्न पार्टीका नेता संग छलफल गरिरहेको बताउनुभयो ।

नेता केसीले आफू नेकपा माओवादीको सिद्दान्तबाट प्रभावित भई अहिले सम्म निष्टपूर्वक राजनीतिमा सक्रिय रहदै आएकोमा संकटपूर्ण अवस्थामा नेकपा माओवादी र एमाले एकिकरण भएर नेकपा बनेको भएपनि सिमित स्वार्थका कारण पुन विभाजन हुँन पुगेको बताउनुभयो ।

उहाँले पार्टी पुन विभाजन भएपनि आफू निरन्तर रुपमा माओवादीमै सक्रिय रहेपनि पुन माओवादीले पुन वर्गसंर्घषको मुद्दालाई छोडेको आरोप लगाउनुभयो । ‘मेरो जीवनको उर्जाशिल दिनहरु यस पार्टीमा खर्चिएको कसैका लाभका लागि नभै समाज र परिवर्तनका लागि रहेको थियो, यस क्रममा म संग क्रियाशिल सबै सहयोद्दा कमरेडहरु प्रति मेरो कुनै गुनासो छैन’विज्ञप्तीमा भनिएको छ ।

हेर्नुहोस विज्ञप्ती

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *