बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना


डम्मर बुढा मगर, बागलुङ

जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृहमन्त्रालयको निर्णय अनुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् ।

बागलुङमा नयाँ चार वटा प्रहरी चौकी स्थापना गर्ने निर्णय अनुसार हाल सम्म तीन वटा भइसकेका छन् । जिल्लाको बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखोलागाउँपालिका र बागलुङ नगरपालिकामा स्थापना गर्ने निर्णय भएको थियो सोही अनुसार बरेङ गाउँपालिकाको सुडला, ताराखोला गाउँपालिकाको भातखानेडाँडा, निसीखोलाको जुग्गाखोला र बागलुङ नगरपालिकाको पञ्चकोटमा नयाँ प्रहरी चौकी स्थापना गरिएको छ ।

निसीखोलाको जुग्गा खोला सहित सबै स्थानमा प्रहरी चौकी स्थापना भइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

“जिल्लाको चार स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय अनुसार अहिले सम्म चार वटै स्थानमा प्रहरी चौकी स्थापना भएका छन्, भातखाने डाँडाताराखोला, प्रहरीचौकी सुँडाला बरेङगाउँपालिका, प्रहरी चौकी पञ्चकोट र जुग्जाखोलामा प्रहरीचौकी सथापना भएका हुन्” एसपी ज्ञवालीले भन्नुभयो “जनतालाई शान्ति सुरक्षाको पहुँच बढाउन चार स्थानमा प्रहरी चौकी स्थापना गरिएको हो, जस्कारण बागलुङको शान्ति सुरक्षामा ठूलो सहयोग गर्नेछ ।”

१५÷१५ जनाको दरबन्दीरहने प्रहरी चौकीमा तत्कालका लागि हवल्दारको नेतृत्वमा पाँच जना राखेर सेवा सुरु गरिएको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट जनशक्ति व्यवस्थापन गरेर चौकी स्थापना गरिएको ज्ञवालीको भनाई छ । जिल्लावासीको शान्ति सुरक्षाका लागि चौकीहरु थपिएको भन्दै यसले आम नागरिकलाई ठूलो सहयोग पुग्ने प्रहरी उपरीक्षक ज्ञवाली बताउनुहुन्छ ।

बागलुङ जिल्लामा हाल तीनवटा ‘क’ र चार वटा ‘ख’श्रेणीका गरि सात वटा इलाका प्रहरी कार्यालय छन् । जस मध्ये ‘क’श्रेणीमा इलाकाप्रहरी कार्यालय बुर्तिबाङ, इलाकाप्रहरी कार्यालय गलकोट र इलाकाप्रहरी कार्यालय बरेङ डाँडा रहेकाछन् भने ‘ख’श्रेणीका इलाका प्रहरी कार्यालय बलेवा, भिमगिठे, झिवाखोला र ताराखोला रहेका छन् ।

जिल्लामा प्रहरी चौकी नयाँ सहित १७ वटा प्रहरी चौकी, दुई वटा प्रहरी पोस्ट रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो । दुई वटा प्रहरी पोस्ट मध्ये बागलुङ कालिका मन्दिर परिसरमा एउटा र कुँडुलेमा एउटा रहेको छ । जिल्लामा चार वटा सामुदायिक प्रहरी सेवा केन्द्र रहेको भण्डारीको भनाई छ । जस मध्य दुई वटा जिल्ला सदरमुकाम बागलुङमै छन् भने दुई वटा गलकोट र बुर्तिबाङ रहेका छन् ।

जिल्लाक ाविभिन्न स्थानमा स्थापना भएका प्रहरी चौकीले नागरिकको सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रहरी प्रमुख दयानिधि ज्ञवालीले बताउनुभयो । उहाँले जिल्लाका अति आवश्यक ठाउँमा नयाँ प्रहरी चौकी स्थापना भएको भन्दै अब समाजमा हुने अपराध जन्य घटना न्यूनिकरणका लागि सहजहुँने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *