श्रम सम्झौतालाई मजदुरको हितमा परिमार्जन गर्न कतार सरकार सकारात्मक छ : मन्त्री श्रेष्ठ

आदर्श अनलाइन, कतार

नेपाली राजदुतावास कतार र गैरआवासीय नेपाली संघ कतारको संयुक्त आयोजनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सँग अन्तरक्रिया तथा भेट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले दोहा स्थित संघ संस्थाका प्रतिनिधि मार्फत प्राप्त सल्लाह सुझाव समेटी कतारमा रहेका कामदारका समस्या र सरकारले गर्नुपर्ने काम बारे मन्त्री ज्युलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठले आफू सदैव प्रवासमा रहेका मजदुरको हितमा काम गर्न तत्पर रहेको भन्दै आफुले मन्त्रालय समालेको छोटो समयमा केही राम्रा कामको शुरूवात भएको र आगामी दिनमा थप अनुभव गर्ने गरि परिवर्तन हुने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।

कतार सङ्गको सन् २००५ देखिको श्रम सम्झौतालाई थप मजदुरको हकहितमा परिमार्जन गर्न कतार सरकार सकारात्मक देखिएको भन्दै केही समय पछि कतारको प्रतिनिधि मन्डललाई नेपाल बोलाएकोले नेपाल मै द्विपक्षीय सम्झौता हुने बताउनुभयो । काम गर्ने इच्छा हुँदा हुँदै कानुनी र प्रक्रियागत कामले केही समय लाग्ने भन्दै निकट भबिस्यमा नै वैदेशिक रोजगारमा आउने कामदारलाई सामाजिक सुरक्षा कोषमा जोडने, सातै प्रदेशमा श्रम स्वीकृति गर्ने, बिदेश आउने प्रक्रियामा रहेको झन्झट हटाउने, महिला कामदारलाई दक्ष बनाएर सुरक्षित रोजगारीमा पठाउने लगाएतका काम गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । साथै उहाले कतारमा रहदा यो देशको कानुनको पालना गर्दे अनुशाशीत भएर काम गर्न अनुरोध गर्नुभयो ।

नेपाली राजदूतावास कतारका कार्यबाहक राजदुत लक्षमण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम मन्त्रालयका सचिव एकराज अर्याल, कतार सरकारका प्रतिनिधिले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा मन्त्री ज्यु संगै आउनुभएको भ्रमण टोलि, नेपाली राजदुतावास परिवार, कतारमा क्रियाशिल सामाजिक संघ संस्थाका प्रमुख÷ प्रतिनिधि एवं पत्रकारको उपस्थिति रहेको एनआरएनए एनसीसी कतारका प्रवक्ता सन्तोष क्षत्रीले बताउनुभयो ।

कार्यक्रमका सहभागीले प्रतिनिधि रूपमा मन्त्री समक्ष आ–आफ्नो गुनासो, प्रश्न एवं सुझाव राखेका थिए । कार्यक्रममा स्वागत एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र संचालन महासचिव पदम गिरिले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *