बलेवाको भैरवस्थान जाने सडक अब कालोपत्रे

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको शक्तिपीठ भैरवस्थान जान सडक कालोपत्रे थालिएको छ । सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध कालभैरव मन्दिर जाने सडक पूर्वाधार निर्माणको काम सकेर कालोपत्रे थालिएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ को काभ्राबोट देखि जलुकेनीसम्मको साढे तीन किलोमिटर सडक कालोपत्रे सुरु भएको हो । सडक कालोपत्रे थालिएपछि वर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँने समस्या हटेर जानेछ ।

सडक कालोपत्रे भएपछि वलेवाका स्थानीय र भै।रवस्थान जाने दर्शनार्थीलाई सहज हुनेछ । संघीय र स्थानीय सरकारको समपुरक योजनाको रुपमा रहेको उक्त सडकको कालोपत्रेको काम सुरु भएको बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठकले जानकारी दिनुभयो । संघीय सांसद डा. सूर्य पाठक र बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलको सहकार्यमा उक्त सडकलाई समपुरक योजनामा समावेश गरिएको थियो ।

नेपाल सरकारको समपुरक अनुदान र बागलुङ नगरपालिकाको साझेदारीमा तीन वर्ष अघिदेखि स्तरोन्नतिको काम शुरु भएको सड अहिले कालोपत्रे भइरहेको छ । संघीय सरकारको ६० प्रतिशत र स्थानीय सरकार बागलुङ नगरपालिकाको ४० प्रतिशत बजेटमा उक्त सडक निर्माण भइरहेको जस्ले बागलुङको दक्षिण तर्फको बलेवाको दोस्रो सडक कालोपत्रे भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘समपुरकामा स्थानीय सरकारको बजेट पु¥याउन निकै समस्या हुन्छ, धेरै स्थानमा यो समपुरक योजना कार्यान्वयनन हुँदैन’ नगरप्रमुख जनकराज पौडेलले भन्नुभयो ‘अन्य वडाको बजेट कटाएर भएपनि समपुरकमा लगानी गर्दा परिणाम निस्किएको हो ।’

तीन किलोमिटर १६१ मिटर सडक साढे पाँच मिटर फराकिलो गराएर कालोपत्रे गर्न थालिएको हो । सडक स्तरोन्नतीको जिम्मेवारी पाएको रौताहा कन्ट्रक्सन प्रालिले चैतको अन्तिमसम्म कालोपत्रेको कार्य सक्ने निर्माण कमप्नीका इन्चार्ज सुशिल लामिछानेले जानकारी दिनुभयो । सातासम्म सबै काम सकेर सडक हस्तान्तरण गर्ने जनाएको छ । अघिल्लो वर्ष नै सडक कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार गरेको भएपनि कोरोना र वर्षाका कारण ढिलाई संगै केही सकडकमा क्षति समेत पु¥याएको थियो ।

६०÷४० को साझेदारीमा निर्माण भैरहेको सडकका लागि तीन वर्षमा क्रमागत रुपमा रु.९ करोड बजेट बिनियोजन भएको थियो । निर्माण कम्पनीले ६ करोड ९ लाख बराबरको काम सम्पन्न गरिसकेको छ । निर्माण कम्पनीले समयमै काम सक्ने अवस्था आएको सा.सद डा. सूर्य पाठकले बताउनुभयो । उहाँले नगरले बजेट विनियोजन नगरे संघीय कार्यक्रम अनुहाने भन्दै स्थानीय पालिकाको आँट र बजेटका कारण सडक कालोपत्रे भएको हो ।

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको वलेवाको प्रसिद्ध भैवस्थानलाई बागलुङ बजारसँग कालोपत्र सडकले जोड्ने योजना अन्र्तगत यो सडकको स्तरोन्नतीको काम भैरहेको हो । भैरव स्थान सम्म पुग्न अझै ४ किलोमिटर सडक कालोपत्रे गर्न आवश्यक देखिन्छ । उक्त चार किलोमिटर सडक कालोपत्रे भएसंगै भैरव स्थान सिधै बागलुङ बजार सम्म कालोपत्रे सडकले जोडिने छ ।

गत बर्ष तयार भएको ग्राभेल सडक र आसपासमा लगाईएको पर्खाल असार १ गतेको भीषण बाढीले क्षति पु¥याइएको कारण सडक निर्माणमा केही ढिलाई भएको थियो । सडक कालोपत्रे भएपछि भैरवस्थान, मुलाबारी, भकुण्डे भ्यूटावर लगायतका पर्यटकीय क्षेत्रमा पुग्न धार्मीक पर्यटकहरुलाई सहज हुँने स्थानीयको भनाई छ ।

पाग्जादेखि भैरवस्थानसम्म बिभिन्न खण्डहरुमा स्तरोन्नतिको काम भैरहेकाले बाँकी ४ किलोमिटर सडक समेत छिट्टै कालोपत्रे हुँने गरी आवश्यक पहल तथा बजेटकका लागि समन्वय भइरहेको सा.सद पाठकले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *