काँग्रेस बागलुङले कार्यसम्पादन समिति र विभाग संयोजक तोक्यो

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस बागलुङले कार्यसम्पादन समिति र विभागीय जिम्मेवारी तोकेको छ । काँग्रेस बागलुङको मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले २४ सदस्यीय कार्यसम्पादन समिति र सात वटा विभागको संयोजकको जिम्मेवारी तोकेको हो ।

पार्टी सभापति जीतबहादुर शेरचनको संयोजकत्वमा उप सभापति, सचिव सहसचिव र कोषाध्यक्ष सहित अन्य १६ जना सदस्यलाई कार्यसम्पादन समितिको जिम्मेवारी तोकिएको छ । जसमा जिल्ला सदस्यहरु जगदिशचन्द्र उपाध्याय, रामप्रसाद विक, शैलेश घर्ति, जगन्नाथ आचार्य, मञ्जुशर्मा चालिसे, चन्द्रकली रोका, नारायण प्रसाद श्रेष्ठ, विष्णु आचार्य, गोविन्द प्रसाद शर्मा कंडेल किरण थापा, जुनु मल्ल, पार्वती शर्मा, मायाँ केसी, सितादेवी कंडेल सापकोटा, तेजेन्द्र विक्रम कुँवर र धनमायाँ विक रहेको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

कार्यसम्पादन समितिमा बाँकी सदस्य पछि मनोनित गर्ने गरी निर्णय गरिएको शर्माले जानकारी दिए । बैठकले सात वटा विभागिय संयोजकको पनि जिम्मेवारी तोकेको छ । उपसभापति तारानाथ पौडेललाई अनुसासन समितिको संयोजक, अर्का उपसभापति सागर छन्त्याललाई प्रशिक्षण विभागको संयोजक, सहसचि फमबहादुर खत्रीलाई संगठन विभाग संयोजक र सहसचिव ज्ञानु श्रीष शर्मालाई महिला विभाग संयोजकको जिम्मेवारी दिएको सचिव शर्माले बताउनुभयो ।

पार्टीले जिल्ला सदस्य गोविन्द्र प्रसाद शर्मा कंडेललाई पेशा तथा बुद्धिजिवी विभाग संयोजक टिकाराम थापालाई सुरक्षा तथा प्रशासन सेवा विभाग र यदुराम सापकोटालाई विदेश विभाग संयोजकको जिम्मेवारी दिईएको छ । विभागिय जिम्मेवारी पाएका संयोजकले जिल्ला समिति सँग समन्वय गरेर सदस्यहरु मनोनित गर्ने काँग्रेस बागलुङले जनाएकोछ । पार्टीको संगठन संचालनका लागि विधानता विभागहरुको गठन गरिन्छ ।

बैठकले वरिष्ठ अधिवक्ता पद्यमनाथ शर्मा, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद निउरे, अधिवक्ताहरु निरञ्जन राजभण्डारी, भूमिश्वर गौतम, अखिलनाथ शर्मा, बद्री प्रसाद शर्मा र सरिता केसीलाई कानुनी सल्लाहकारको रुपमा चयन गरेको छ । बैठकले जिल्ला सदस्य श्रीधर कंडेललाई कोषाध्यक्षमा मनोनित गरेको थियो । काँग्रेस बागलुङले आगामी दिनमा विभिन्न विभागका साथै मनोनित गर्न बाँकी जिल्ला सदस्य र प्रेस सल्लाहकार पनि मनोनित गर्ने बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *