विभेद अन्त्य गर्न अन्तरघुलन अनिवार्यः मन्त्री विक


आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री दाेबाटे विश्वकर्माले जातिया विभेदको अन्त्य गर्न सामाजिक अन्तरघुलन अनिवार्य भएको बताउनुभएको छ ।

समाज सुधारक तथा दलित आन्दोलनका संस्थापक भगत सर्वजित विश्वकर्माको १२८औँ जन्मजयन्तीको अवसरमा भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानले बागलुङमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले जातिय विभेद कुनै जाति विशेषमो मात्रा समस्या नभएको उल्लेख गर्नुभयो ।


जातिय विभेद उन्मुलनको लागि दलित समुदायको एकल अभ्यासले मात्रा सम्भव नभएको बताउनुभयो । ‘जातिय विभेद मानवीय समस्या हो’ मन्त्री विश्वकर्माले भन्नुभयो–‘सामाजिक अन्तरघुलनबाट मात्रै विभेदलाई हटाउन सकिन्छ । सामाजिक सदभाद र छरछिमेकमा बस्नुपर्ने जस्ता डरधम्की देखाएर जातिय विभेदका घटनालाई ढाकछोप गर्न नहुने उहाँको तर्क थियो ।
राज्यले तयार गरेको कानुन अनुसार विभेदका घटनामा उपचार हुने मन्त्री विश्वकर्माले बताउनुभयो । ‘जातिय विभेदका घटनामा कुनै राजनीतिक आस्था, समुदाय र संगठन भन्ने हुँदैन’ उहाँले भन्नुभयो–‘संविधान र कानुन अनुसार उपचार हुन्छ ।’


उहाँले राज्य संयन्त्र अझै पनि दलित समुदायलाई अधिकार दिन उदार नभएको उल्लेख गर्नुभयो । विगतदेखि वर्तमानसम्मका परिवर्तनमा सबै राजनीतिक दलमा आबद्ध दलित समुदायको निर्णय सहभागीता रहेको स्मरण गर्दै सामाजिक रुपान्तरणको एजेण्ड सबै राजनीतिक दलको हुनुपर्नेमा जोडदिनुभयो ।


मन्त्री विश्वकर्माले सामाजिक अभियन्त सम्मानतमा विश्वकर्मा माविको नाम भगत सर्वजित विश्वकर्मा मावि राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । सर्वजितको जन्मस्थल बागलुङ नगरपालिका–७ ठारस्वाँरामा आवश्यक भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।
भगत सर्वजितको नाममा देशका विभिन्न भागमा ठुला ठुला संरचना र सरकारी तथा गैरसरकारी कार्यालयका कार्यक्रम सञ्चालन भए पनि उहाँको गृहजिल्लामा केही नभएको भन्दै स्थानीयले मन्त्रीको ध्यानकर्षण गराएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *