कौडा खेल्ने ८ जना दुई लाख सहित मुलपानीबाट पक्राउ


आदर्श अनलाइन, बागलुङ
कौडा खेल्ने ८ जना सहित जिल्ला प्रहरी कार्यालय बागलुङले रु. दुई लाख एक हजार बरामद गरेको छ ।

शनिबार साँझ बागलुङ नगरपालिका–३ मुलपानी स्थित प्रकाश रेग्मीको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

प्रहरीले बागलुङ नगरपालिका–३ का दिवसराज पन्त, पर्वतको कुस्मा नगरपालिका–१ का सुचना श्रेष्ठ, सोही स्थानका डम्मर थापा, प्रकाश रेग्मी, गंगा बहादुर क्षेत्री, यज्ञराज पन्त, विष्णु आचार्य, पर्वतको फलेवास १० स्थित भगवान रेग्मीलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक हवारीले जनाकारी दिनुभयो । उनिहरुको साथबाट रु. दुई लाख एक हजार ७० सहित १६ थान कौडा बरामद गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *