बागलुङका १० वटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

आदर्श अनलाइन, बागलुङ
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । बागलुङका १० वटै स्थानीय तहमा पनि निर्वाचन अधिकृतहरु नियुक्त भएका छन् । जिल्लामा एक मुख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत तोकिएका छन् ।

बागलुङ नगरपालिकामा जिल्ला अदालत बागलुङका न्यायाधीस बासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृतका रूपमा नियुक्त हुन भएकाे छ । उहाँबाहेक जिल्लाका अन्य पालिकामा निवार्चन अधिकृत रहनुहुने छ । काठेखोला गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत हर्कबहादुर क्षेत्री, गलकोट नगरपालिकामा उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार नेत्रप्रसाद भुसाल, जैमिनी नगरपालिकामा जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारी नियुक्त हुनु भएको छ ।

त्यस्तै ढोरपाटन नगरपालिकामा श्रम अदालतका स्रेस्तेदार लालसिँह थापा, तमानखोला गाउँपालिकामा जिल्ला सरकारी वकलि कार्यालय बागलुङका न्यायधिवक्त लालप्रसाद लामिछाने, ताराखोला गाउँपालिका उच्च सरकारी वकिल कार्यालय बागलुङका उपन्यायधिवक्त गोपालप्रसाद ढकाल, निसीखोला गाउँपालिकामा परराष्ट्र मन्त्रालय काठमाडौंका उपसचिव दिलिप कुमार पौडेल, बडिगाड गाउँपालिकामा विशेष सरकारी वकिल कार्यालय हाल वेपत्ता पा.व्य.छा.आयोगकी उपन्याधिवक्त सीतादेवी सुवेदी र बरेङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव मनिराम ज्ञवाली नियुक्त हुनु भएको निर्वाचन आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *