उच्च अदालत बागलुङमा १० वर्ष यताकै सबैभन्दा बढी मुद्धा फर्छ्यौट

आदर्श अनलाइन, बागलुङ
उच्च अदालत पोखरा इजालस बागलुङले १० वर्ष यताकै सबैभन्दा बढी मुद्धा फर्छ्यौट गरेको छ । पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उच्च अदालत पोखरा बागलुङ ईजलासका न्यायाधीश द्वारिकामान जोशीले अदालतमा दर्ता भएका मुद्धा मध्ये १८ महिनाभन्दा लामो समयका मुद्धालाई शून्यमा झारेको बताउनुभयो ।

‘यो हाम्रो राम्रो प्रगति हो, १८ महिना भन्दा लामो मुद्धा अदालतमा छैन’ न्यायाधीश जोशीले भन्नुभयो–‘त्यो उपलब्धीको लागि भिडियो कल मार्फत मुद्धाको सुनुवाई गरियो, मुद्धाका वादीलाई मुद्धा फैसला हुने टाईम कार्ड दिईयो र त्यहि अनुसारकाम गरियो, त्यहि कारण यो उपलब्धी हाँसिल गर्यौँ ।’

आर्थिक वर्ष २०७८÷०७९ फागुन महिनासम्म ईजलासले अदतालमा दर्ता भएका मध्ये २६५ वटा मुद्धा अर्थात ६९.१९ प्रतिशत मुद्धा फछ्र्यौट गरेको छ । यो विगत १० बर्ष यताकै सबै भन्दा बढि मुद्धा फछ्र्यौट दर हो ।

अदालतमा दर्ता भएका मध्ये ३८३ मुद्धा मध्ये ११८ वटा मुद्धा फछ्र्यौट हुन बाँकी रहेको छ । अदालतले आर्थिक बर्ष २०७७/०७८मा ४४.९६प्रतिशत मुद्धा फछ्यौट गरेको थियो । त्यस बर्ष जम्मा २९८ वटा मुद्धा दर्ता भएकोमा १६४ मुद्धा फछ्र्यौट भएको थियो भने १६४ मुद्धा फछर््र्योट हुन बाँकी रहेको थियो ।

अदालतका श्रेष्तेदार नेत्र प्रसाद भुषालले आर्थिक बर्ष २०७६/०७७मा ५६ प्रशित मुद्धा फछ्र्यौट गरेको बताउनुभयो । त्यस बर्ष २७३ मुद्धा दर्ता भएकोमा १५५ मुद्धा फछ्र्यौट भएको थियो भने ११८ मुद्धा फछ्र्यौट हुन बाँकी रहेको थियो ।

उच्च अदालत पोखरा बागलुङ ईजलासका न्यायाधीश द्वारीकामान जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सूर्य प्रसाद गौतमले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *