धार्मिक स्थलमा पुग्ने पदमार्ग निर्माण

रोहन जि.सी, बागलुङ
जिल्लाको काठेखोला गाँउपालिका वडा नम्बर ६ बिहुँमा धेरै धार्मिक स्थलहरु छन् । धार्मिक स्थलहरुमा पूर्वाधार निर्माणका लागि गाउँपालिकाले चासो देखाएको छ । पर्यटकीय तथा धार्मिक स्थलसम्म पुग्नका लागि काठेखोला गाउँपालिकाले सडक तथा पद मार्गहरु निर्माण गर्दै आएको छ ।

गाउँपालिकाले शिर शिवधुरीदेखि फेद काठेखोलासम्म थुप्रै धार्मिक पर्यटकीय क्षेत्रहरु रहेका छन् । त्रिपुरेश्वर महादेव मन्दिर, स्व.गोविन्द अधिकारी स्मृति पार्क, शिवधुरी सामुदायिक होमस्टे, राम मन्दिर, भ्यु–टावर (कर्लिम, थामनेटा) लगायतका क्षेत्र काठेखोलाका महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र हुन् ।

मध्यपहाडी लोकमार्गको करिब १५ किलोमिटर सडक पर्ने बिहँुमा पर्यटन तथा धार्मिक विकासका लागि थप व्यवस्ति गर्न टेवा पुगेको छ । पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित गर्न काठेखोला गाँउपालिका–६ बिहुँकोट हटियादेखि त्रिपुरेश्वर महादेव मन्दिर बिहँुकोटसम्म पदमार्ग निर्माण सुरु गरिएको छ । धार्मिक पर्यटकलाई मन्दिरसम्म सहज रुपमा पुग्नका लागि पदमार्ग निर्माण गरिएको स्थानीयको भनाई छ ।

ताराखोलाको स्लेट ढुङ्गा ल्याएर बनाउँदै गरिएको उक्त पदमार्गको काम शान्तिचोक शिवालय पदमार्ग निर्माण तथा कोट संरक्षण समितिले गरिरहेको छ । हालसम्म पदमार्ग निर्माणका लागि काठेखोला गाँउपालिका वडा नम्बर ६ ले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । काम सम्पन्न गर्नका लागि स्थानीयको सक्रियता तथा देश विदेशबाट करिब ६० लाख रकम संकलन गरि काम अगाडि बढाइएको शिवालय पदमार्ग निर्माण तथा कोट संरक्षण समितिका अध्यक्ष ज्योतिष खगराज कँडेलले जानकारी दिनुभयो ।

बिहुँकोट मात्र नभएर काठेखोला गाँउपालिकाकै गौरवको रुपमा रहेको शिवालयसम्मको पदमार्ग बैशाख मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरि काम भइ रहेको उहाँले बताउनुभयो । पदमार्गको छेउछाउमा १०८ वटा वर पिपल रोपिने, चौतारी, प्रतिक्षालय लगायतका संरचना समेत निर्माण गरिने कँडेलको भनाई छ । पदमार्गको मुल गेट बनाउनका लागि दाता समेत खोजी गरिरहेको कंडेलले जानकारी दिनुभयो ।

बिहुँको धर्मिक पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण भएको हुँदा स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिनु पर्ने स्थानीय दिवस कँडेल बताउनुभयो । उहाँले बिहुँमा मात्रै आधा दर्जन बढी धार्मिक स्थलहरु रहेको बताउनुभयो । अहिले निर्माणाधिन रहेको पदमार्गहरु ढलान गरि स्लेट बिच्छाइँदै छ । पदमार्गले यहाँको सौन्दर्यतालाई थप बढाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *