स्ववियूद्वारा प्रकाशित ‘धवलागिरि दर्पण’ विमोचन

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र जीवन उपयोगी बनाउनका लागि प्रदेश सरकारले गृहकार्य गरि रहेको बताउनुभयो ।

मंगलबार स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसद्वारा प्रकाशित ‘धवलागिरि दर्पण’ विमोचन एवं नवागंतुक विद्यार्थी स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको शिक्षा पद्धती समयानुकुल नहुँदा बेरोजगार बढि रहेकोभन्दै त्यसका लागि शिक्षा क्षेत्रलाई परिवर्तनका लागि प्रदेश सरकारले योजना बनाएर लागेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले शिक्षामा परिवर्तन नगरे समाज र राष्ट्रनै परिवर्तन हुन नसक्ने बताउनुभयो । शिक्षालाई जीवनउपयोगी बनाउन र प्रबिधि युक्त बनाउन केन्द्र सरकारसँग सहकार्य गरि रहेको बताउनुभयो ।

कार्यक्रमका अवसरमा क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो । क्याम्पसका प्राध्यपक डा. सुदर्शन सिलवालले स्ववियूद्वारा प्रकाशित ‘धवलागिरि दर्पण’को समिक्षा गर्नु भएको थियो ।

कार्यक्रममा त्रिवि सभा सदस्य प्रा.डा दिनबहादुर थापा, क्याम्पस प्रमुख रामप्रसाद उपाध्यया, कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचन, पूर्व क्याम्पस प्रमुख गोविन्द शर्मा कँडेल, कांग्रेस बागलुङका सचिव हरिहर शर्मा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विष्णु पौडेल, स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसका निवर्तमान सभापति चिरञ्जीवी गौतम, त्रिवि प्राध्यापक संघका विजयराज पन्त, त्रिवि कर्मचारी संघका अध्यक्ष–शिव पाध्याय, नेविसंघका अध्यक्ष दिनेश पन्त, अनेरास्ववियु क्रन्ती केन्द्रीय सदस्री जीवन शर्मा, अनेरास्ववियुका रोशन कुवँर, अखिल छैठौंका अध्यक्ष दिलिप बुढाथोकी, अनेरास्ववियु एप तस्मिना खातुन लगायतले मनतव्य राखेका थिए ।

कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसका सभापति मनबहादुर थापा ‘मनिष’को अध्यक्षता, उपाध्यक्ष बालकृष्ण शर्माको स्वागत र सदस्य मनोज सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *