होटल व्यवसायीहरुको ३० अर्ब नोक्सानी, ३० प्रतिशत पलायन : अध्यक्ष शाह

आदर्श अनलाइन, बागलुङ

नेपाल होटल व्यवसायी संघका केन्द्रिय अध्यक्ष हिराधोज शाहले होटल व्यवसायीहरु कोरोना पछि ऋणमा डुबेको बताउनुभयो । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना, नेपाल पर्यटन बोर्डको सहयोग तथा हाटल व्यवसायी संघ बागलुङको व्यवस्थापनमा बागलुङका होटल व्यवसायीहरुलाई प्रदान गरिएको तीन दिने तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष हिराधोज शाहले कोरोना महामारीको समयमा नेपालका होटल व्यवसायीहरुले ३० अर्बको नोक्सानी व्यहोरिएको र ३० प्रतिशत होटल व्यवसायीहरु व्यवसायबाट पलायन भएको बताउनुभयो ।

उहाँले ६ लाखलाई रोजगारी दिएको नेपालका होटल व्यवसायीहरुले ३ खर्बको कारोवार गर्दै आएपनि कोरोना कहरमा ऋणमा डुबेको बताउदै राज्यले होटल व्यवसायीको मर्का बुझ्न आवश्यक रहेको बताउनुभयो । अब नेपालका ८० हजार होटल व्यवसायीहरुले सरकारलाई एक पटक घचघचाउने अवस्था आएको बताउनुभयो । अहिले होटल व्यवसायीको एक खर्ब ऋण रहेको बताउदै वार्षिक २० अर्ब कर तिर्ने होटल व्यवसायीहरुलाई सरकारले हेर्नुपर्ने बताउनुभयो ।

तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदात गरिएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, प्रहरी नायव उपरिक्षक इकवाल हवारी, प्रशिक्षक प्रकाश आचार्य, बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्का, व्यवसायी ललिता थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालको अध्यक्षता, महासचिव देवेन्द्र लाम्सालको सञ्चालन तथा होटल व्यवसायी बागलुङका सचिव कविता बस्नेतको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *