निसीखोलामा भीरबाट लडेर मृत्यु


आदर्श अनलाइन, बागलुङ
निसीखोलामा भिरबाट लडेर एक युवकको युत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ५ निवासी १९ वर्षीय डोर बहादुर घर्ती मगरको मृत्यु भएको हो । बुधबार दिउँसो चोया काड्ने निगालो काट्न गएको बेला भिरबाट लडेर घर्तीको मृत्यु भएको इलाका प्रहरीकार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

भिरबाट लडेर घाइते भएका घर्तीलाई स्थानीयले उपचारका लागि बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए । बुर्तिबाङमा उपचार हुन नसकेपछि घर्तीलाई पोखरा लैजाँदै गर्दा बुधबार रातनै बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक वन्तले बताउनुभयो । मृतक घर्ती मगरको एक छोरा र श्रीमती रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *