पेस्तोल र गोलीसहित पक्राउ परेका युवा सार्वजनिक

डम्मर बुढा मगर, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध पेस्तोलसहित पक्राउ गरेको बडिगाडका युवालाई बिहिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङले बुधबार बडिगाड गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय श्यामबहादुर रेश्मीलाई उनकै घरबाट पक्राउ गरेको थियो ।

प्रहरीले रेश्मीलाई एक थान मेडइन युएस एम एक सय एघार लेखिएको पेस्तोल र त्यसमा प्रयोग हुने चार राउण्ड गोलीसहित पक्राउ गरेको थियो । रेश्मीले घरमा लुकाई छिपाई राखेको सूचनाको आधारमा प्रहरी उनकै घरमा पुगेर पेस्तोसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

रेश्मी यसभन्दा अगाडी पनि गोली प्रहार गरि भागेको प्रहरीले जनाएको छ । वि.सं. २०७४ बैशाख १३ गते ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजार स्थित न्यू बुटवल थकाली भान्सा घर भित्र गोली प्रहर गरि भागेका थिए । सोही सयमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । रेश्मी त्यस समयमा मेडइन जर्मनी लेखिएको पेस्तोलसहित ११ राउण्ड गोलीसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनले एक वर्ष कैद भक्तान गरि वि.सं.२०७५ सालमा कारागार मुक्त भएका थिए । पक्राउ परेको रेश्मीले द्वन्द्वकालमा म्याग्दी भेट्याएको दाबी गर्छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *