कामचलाउ बन्दै बागलुङ उद्योग वाणिज्य संघको नेतृत्व

आदर्श अनलाइन, बागलुङ
विधानत बागलुङ उद्योग वाणिज्य संघ कामचलाउ भएको छ । विधान अनुसार बागलुङ उद्योग वाणिज्य संघको नेतृत्वको म्याद समाप्त भएपनि हाल सम्म अधिवेशन गरिएको छैन ।

विधानमा व्यवस्था गरेअनुसार २०७८ मंसिर २४ गते तीन वर्षे कार्यकाल समाप्त भएको र कार्यसमितिले २०७८ फागुन २४ गतेसम्म मात्र म्याद थप गर्न सक्ने भएपनि कार्यसमितिले फेरी अधिवेशन नगरी साधारणसभा मात्र गर्न लागेकाले बागलुङका केही व्यवसायीले जिल्ला प्रशासनमा ध्यानआर्कषण समेत गराएका छन् ।

व्यवसायीहरुले विधान अनुसार उद्योग वाणिज्य संघ फागुन २४ गतेपसिछ काम चलाउ भएको भन्दै साधारणसभा नगरी अधिवेशन गर्नुपर्ने भन्दै जिल्ला प्रशाशन कार्यालयको ध्यानआर्कषण गरेको छ । व्यवसायी चन्द्र प्रकाश शर्माको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको बागलुङ उद्योग वाणिज्य संघ विधान अनुसार नचलेको भन्दै नियामन गर्न ध्यानआर्कषण गरेको छ ।

बागलुङ उद्योग बाणिज्य संघ नेतृत्वले विधान विपरित गतिविधि गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् । संघको विधान अनुसार तीन÷तीन वर्षमा अधिवेशन सम्पन्न हुनुपर्नेमा अधिवेशन नै नगरी विधान विपरित गतिविधि गरेको र अधिवेशन गर्ने समयमा साधारणसभाको आयेजना गरिएको भन्दै तत्काल अधिवेशन तोक्न आग्रह गरिएको यवसायी मनुदेवी शर्माले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण बुझाउँदै व्यवसायीहरुले संघको विधानअनुसार हरेक तीन/तीन वर्षमा अधिवेशन सम्पन्न गर्नुपर्नेमा त्यसो नगरेकाले प्रशासनको ध्यानाकर्षण गराएका जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संघले पटक–पटक नियम विपरित गतिविधि गरिरहेकाले बाध्य भएर ध्यानाकर्षण गराउँनु परेको व्यवसायी बाबुराम लम्सालले बताउनुभयो ।

संघको विधानमा हरेक तीन वर्षमा अधिवेशन गर्नुपर्ने र आवश्यक परे कार्यसमितिले बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था भएकोमा त्यस विपरित काम गरेको लम्सालले बताउनुभयो । २०७५ मंसिर २४ गते संघको ५५ औं वार्षिक साधारणसभा तथा सत्रौ अधिवेशन सम्पन्न भएको थियो

बाधा अड्काउ फुकाउ अनुसार र कोरोनालाई शुन्य समय मानेका कारण अहिले हिसाव किताव सार्वजनिक गर्ने गरी साधारणसभा आयोजना गरेर साधारणसभावाट थप म्यान्डेट लिएर आगमी मंसिर २१ भित्र अधिवेशन गर्ने तयारीमा रहेको बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेह कंडेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले निवदेन उपर छानविन भएपछि प्शासन अगाडी बढ्नै भन्दै विधानको अध्ययन भइरहेको बताउनुभयो ।

कोरोनाका कारण अन्य जिल्लामा समेत अधिवेशन नभएको भन्दै बाधा अड्काउ फुकाउ प्रावधान अनुसार उद्योग वाणिज्य संघ अगाढी बढेको बताउनुभयो । कंडेलले अहिले साधारणसभाबाट आएको म्यान्डेटनै अन्तिम हुँने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *