बलेवाको बञ्जीमा आउन थाले विदेशी पर्यटक

डम्मर बुढा मगर, बागलुङ
आधा दशक अगाडीसम्म बागलुङ बलेवा र पर्वतको कुश्मा बजारको छेउछाउँ बाँदर लड्ने अनकन्तार भिर थियो । अहिले त्यो भिर पुरै पर्यटक आकर्षणको केन्द्रका रुपमा विकास भएको छ । दुई जिल्ला जोड्ने गरि कालीगण्डकीमाथि केवलकार, लामा तथा अग्ला झोलुङ्गे पुल र विश्वकै दोसो अग्लो बञ्जी जम्प निर्माण भएपछि यहाँ पछिल्लो समय दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

यहाँ निर्माण भएका मनोरञ्जनात्मक संरचनारुले देशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गरेको छ । कुश्मा बजारको छेउ सबै यतिबेला पर्यटकीय गन्तव्य बनेका छन् । कुश्मा बजारको फेँद कैयादेखि सिनारसम्म साहसिक पर्यटकीय गन्तव्य निर्माण भएका छन् । त्यस मध्ये बञ्जी जम्प पनि एक हो । कोरोना कालमै संचालनमा आएको बञ्जीमा अहिले विदेशी पर्यटकहरु पनि आउन थालेका छन् । द क्लिप मार्फत संचालनमा आएको बञ्जी जम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने गरेका छन् ।

बञ्जीसँगै बलेवा क्षेत्रमा रेष्टुरेण्ट, गुलेली पिङ, स्काइ साइकलिङ लगायत आधा दर्जन बढी संरचनाहरु निर्माण भएका छन् । ति संरचनामा पनि पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । बञ्जी जम्पका लागि निर्माण गरिएको पुलमा स्वङ पनि संचालनमा आएको छ । अहिले स्वङ, स्काइ साइकलिङ र बज्ञी गर्नेहरुको संख्या बढ्दै गएको द क्लिप प्रा.लिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

उहाँले दैनिक तीन सय बढी आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेको उहाँको भनाई छ । अध्यक्ष कार्कीले कोरोना कहरपछि पर्यटकहरुको आगमन बढुदो रहेको बताउनुभयो । ‘कोरोना कालमै हामीले बञ्जी सुरु गरेका थियौँ, लामो समय संक्रमणका कारण अबरुद्ध भयो अहिले विस्तारै पर्यटकहरु आउन थाल्नु भएको छ’ अध्यक्ष कार्कीले भन्नुभयो ‘अहिले एभरेजमा ३÷४ सय जना यो भिजिटका लागि आउनु भएको छ ।’

कार्कीले भारत, बङ्गलादेश लगायतका देशबाट पनि बाह्य पर्यटक आउन थालेको बताउनुभयो । बिदाको दिन अझ बढी पर्यटकहरु घुम्न आउने गरेको उहाँको भनाई छ । यहाँ आउने अधिकांश पर्यटकहरुले बञ्जी जम्प र स्वीङ गर्ने गरेको कार्कीले बताउनुभयो । स्काइ क्याफेले पनि धेरैलाई आकर्षित गर्ने गरेको उहाँले बताउनुभयो । कार्कीले सुरुमा २० करोड लागत लाग्ने अनुमानले संरचना निर्माण सुरु गरेको भन्दै अहिलेसम्म ५० करोडको हाराहारीमा खर्च भइसकेको बताउनुभयो ।

यहाँ बञ्जीसँगै अन्य धेरै संरचनाहरु निर्माण गर्दा बढी लागत लागेको उहाँ बताउनुहुन्छ । ‘सुरुमा २० करोड लागत लाग्ने अनुमान गरेका थियौँ, अहिले बञ्जीसँगै अन्य संरचना पनि निर्माण ग¥र्यौँ त्यसले गर्दा ५० लाख बढी लागत लागि सकेको छ,’ कार्कीले भन्नुभयो ‘थप अन्य संरचना पनि निर्माण गर्ने प्लानमा छौँ ।’

२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सालसम्म आइपुग्दा रिसोर्ट समेत निर्माण सकिएको थियो । ५२५ मिटर लामो छ । खोलादेखि पुलको उचाई २२८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ ।

भारतको बेङ्लोरबाट घुम्न आएकी चाहनाले बञ्जी जम्प गर्दा निकै रमाइलो गरेको बताउनुभयो । उहाँले योभन्दा होँचो स्थानमा रहेका बञ्जीहरुमा आफूले यसभन्दा अगाडी पनि बञ्जी गरेको भन्दै यहाँ गर्दा निकै आनन्द आएको बताउनुभयो । ‘यो ठाउँ निकै रमामलो रहेछ, यसभन्दा अगाडी पनि म बञ्जी गरेको थिएँ तर अहिलेको जस्तो मज्जा आएको थिएन, यत्तिको अग्लोमा पनि गरेको थिएन’ उहाँले भन्नुभयो ‘सुरुमा अलिअलि डर पनि लागेको थियो तर पछि निकै रमाइलो लाग्यो ।’

बेङ्लोरबाटै घुम्न आएका सोमनले पनि यो क्षेत्र अत्यन्तै रमणिय रहेको बताउनुभयो । उहाँले आफू प्राकृतिक सौन्दर्यमा घुम्न रमाउने भन्दै यो क्षेत्र धुम्नका लागि निकै उपयोगी रहेको बताउनुहुन्छ । ‘यो ठाउँ मलाई निकै रमालाइलो लाग्यो, म धेरै ठाउँमा घुमेको छु यो ठाउँ पनि निकै सुन्दर रैछ,’ उहाँले भन्नुभयो ‘बञ्जी पनि निकै राम्रो रहेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *