कामको समिक्षा गरेर मात्रै जनप्रतिनिधि चुनौँ–पहाडी

आदर्श अनलाइन, बागलुङ
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आगामी स्थानिय तहको निर्वाचनमा जनप्रतिनिधि रोज्दा गएको पाँच वर्षको समिक्षा गरेर जनप्रतिनिधि रोज्नुपर्न बताउनुभएकाे छ ।

मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको हिमालय बचाउ, नदी जोगाउ बिषयक प्रवचन कार्यक्रममा बोल्दै पहाडीले अब जनताले मालिक मुखी भन्दा पनि सेवा मुखी जनप्रतिनिधि रौज्नुपर्ने बताउनुभयाे। पहाडीले गएको पाँच वर्षमा कुनदलको प्रतिनिधिले कस्ता काम ग¥यो कुन जनप्रतिनिधि जनताको सेवामा तल्लिन भयो त्यसको समिक्षा आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताउनुभयाे ।

उहाँले कुनै राजनितिक दल भन्दा पनि जनताको सेवा र समाजको विकास कसले गर्छ त्यो हेर्न आवश्यक रहेको बताउनुभयाे । पहाडीले आसन्न निर्वाचनमा मित्रवत प्रतिष्पर्धा गर्न दलहरुलाई आग्रह गर्नु भएकाे छ। उहाँले गुणस्तीय स्वास्थ्य क्षिाकालागि प्रश्नगर्ने बेला आएको समेत बताउनुभयाे।

पहाडीले नदी, हिमाल र प्राकृतिक सम्पदा दोहन र त्यसबाट सिर्जना भएका समस्या बारेमा समयमा सचेत बन्न पनि आग्रह गरे । उहाँले पछिल्लो समय पानीकालागि युद्ध हुने खतरा भएको भन्दै नेपालका हिमाल, नदी र खोला बचाउनुपर्ने धारणा राख्नुभयाे । शक्ति राष्ट्रहरुले पानीका श्रोतमा आँखा लगाएको टिप्पणी समेत गर्नुभयाे । नेपालका नदी र हिमाल दोहनका कारण फेरी अशान्ति फैलन सक्ने समेत उहाँको भनाइ छ ।

युद्द बिरुद्ध शान्ति समाज निरन्तर लाग्ने भन्दै शान्ति प्रकृयाकालागि भने पसिना बगाउने उहाँको भनाइ छ । विकासमुखी राजनीति, सेवामुखी प्रशासन र उद्यममुखी समाजकालागि निर्वाचन हुनुपर्ने जोड दिए । ‘संसारभर बिदेश नीति हेरेर मतदान गर्ने चलन छ, तर हामी नेतामुखी भोट दिंदैछौ’, उनले भने, ‘नेतामुखी भएकोले बिकास भन्दा भ्रष्टाचार बढेको हो ।’ उहाँले गुणस्तरीय स्वास्थ्य र बैज्ञानिक शिक्षा बिषयमा सबैको चासो बढ्नुपर्ने समेत बताउनुभयाे ।

अभियानको क्रममा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई उत्तम पुडासैनी समाजका उपाध्यक्ष कृष्ण रावल, महासचिव रामकृष्ण बराल, सचिव बाबुहरी आचार्य लगायतल आणविक हतियार बिरुद्ध, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाको विषयमा बोलेका थिए । कार्यक्रम मानव अधिकार तथा शान्ती समाज बागलुङ शाखाका सभापति हरि प्रसाद शर्मा हरिषको अध्यक्षता, निवर्तमान सभापति लक्ष्मीकान्त पौडेल राजेन्द्रको स्वागत र सचिव निलकण्ठ शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *