सहकारीकर्मीलाई प्रविधिमा हुने जोखिम न्यूनिकरण तालिम


आदर्श अनलाइन, बागलुङ

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागलुङका सहकारीकर्मीहरुलाई प्रविधिमा हुने जोखिम न्यूनिकरण (साइवर सेक्युरिटी) तालिम प्रदान गरिएको छ ।



सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा तीन दिन सम्म सहकारी दिवस मनाउने निर्णय अनुसार दोस्रो दिन प्रविधिमा हुने जोखिम न्यूनिकरण तालिम प्रदान गरिएको थियो । तालिमको शुभारम्भ गर्दै संघीय सांसद मन कुमारी केसीले सहकारीहरु पछिल्लो समय उत्पादनमा केन्द्रित भएको भन्दै यसलाई अझै बढाएर लैजानु पर्ने बताउनुभयो । सहकारीकर्मीहरुले समेत सहकारीका उत्पादनलाई प्रोत्साहन गर्दै लैजानुपर्ने बताउदै सांसद केसीले सहकारीबाटै समृद्ध समाज निर्माण गर्नका लागि सबै नागरिक सहकारीमा जोडिन आवश्यक रहेको बताउनुभयो ।

जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाको सहकार्यमा सहकारी दिवस मनाउने निर्णय अनुसार दोस्रो दिन बागलुङ प्रविधिमा हुने जोखिम न्यूनिकरण तालिम सम्पन्न गरिएको हो । तालिममा राष्ट्रिय सहकारी बैंकका आइटि प्रमुख नविन कार्कीले सहजीकरण गर्नुभएको थियो । यस्तै सहकारीको विषयमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

सहकारीहरु समेत प्रविधिमैत्री भइसककाले हुँन सक्ने प्राविधिक जोखिम र क्षतीका विषयमा सजग हुँनका लागि सहकारीकर्मीहरुलाई तालिम दिइएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमाकुमारी जिसी (अन्जु)ले जानकारी दिनुभयो । सहकारी दिवसको पहिलो दिन बजार सरसफार्य गरिएको थियो । दिवसको मुुख्य दिन चैत २० गते आइतवार प्रभातफेरी सहित मुल समारोह आयोजना गरिएको छ ।

नेपालमा सहकारीको शुरुवात भएको ऐतिहासिक दिन चैत २० गतेका दिन देशभर राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । २०१३ साल चैत २० गते नेपालमा पहिलो पटक सहकारी स्थापना भएको दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइन्छ । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल थिमका साथ देशभर राष्ट्रिय सहकारी दिवस मनाउन राष्ट्रिय सहकारी महासंघले आव्हान गरेको छ ।

महासंघको आव्हान अनुसार देशभरका सहकारी संघ संस्था, पालिकामा सहकारी दिवस मनाउन लागिएको छ । तालिमको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता तथा सञ्चाल सहकारी संघ बागलुङ कोषाध्यक्ष लक्ष्मण पुनको सञ्चालन सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *