मध्यपहाडी लोकमार्ग उपल्लाचौर र बिहुँमा एकै पटक कालोपत्रे


खेमराज गौतम, बागलुङ

तस्विर : दिवस कंडेल
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्र्तगत बागलुङ जिल्ला सदरमुकाम अन्र्तगत दुवै खण्डमा कालोपत्रेको काम एकै पटक शुरु गरिएको छ ।

बागलुङ बजारको उपल्लाचौर देखि घोडाँबाधे सम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता भएको ६ वर्षपछि बागलुङ बजार खण्ड र बिहुँ खण्डमा एक साथ कालोपत्रे शुरु भएको छ ।

लामो समयदेखि अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङ जिल्लाको सदरमुकाम खण्डमा फागुनबाट कामले तिब्रता पाएसंगै कालोपत्रे थालिएको छ । जिल्ला सदुमुकामको उपल्लाचौर देखि घोडाँबाधे सम्मको २५ किलोमिटर सडक बागलुङ बजार देखि र घोडाँबाधेदेखि एकसाथ कालोपत्रे शुरु गरेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतको अनितम चेतावनीपछि ठेकेदारले सडक कालोपत्रे थालेको छ । अहिले उक्त खण्डमा दुई समय बढी श्रमीत तथा साना ठूला ५० भन्दा बढी उपकरण परिचालन गरेर कालोपत्रेको काम शुरु भएको छ ।

अहिले भइरहेको कामको प्रगती देख्दा लोकमार्ग कालोपत्रेले सार्थकता पाउने आशमा स्थानीय रहेका छन् । २६ वर्षदेखि सडकको धूलो खादै आएको हामीले सडक कालोपत्रे थालेपछि खुसी भएको बागलुङ नगरपालिका–४ हाडेपाँखाका स्थानीय देवी शर्माले बताउनुभयो । “लोकमार्गमाथि भएको घरमा धुलोले निकै समस्या थियो, सडकको धूलो खान थालेको २६ वर्ष भयो बल्ला कालोपत्रेका लागि काम भइरहेको छ” शर्माले भन्नुभयो ।

अहिले जिल्ला सदरमुकामबाट अछेते तर्फ कालोपत्रेका लागि उपल्लाचौरबाट शुरु गरिएको र उपल्लो खण्डको राइटेपोखरी देखि सापकोटा चोक हुँदै अमर माबी घुम्टी सम्मकालोपत्रे भइरहेको स्थानीय दिवस कंडेलले जानकारी दिनुभयो । लोकमार्गको बिहुँ र बागलुङ बजार खण्डमा उकै पटक कालोपत्रे शुरु भएको बताउदै सनरन्तरको पहल र समन्वयका कारण लामो समयदेखि कालोपत्रे हुँन नसकेको सडक कालोपत्रे थालिएको र चैत्र मसान्त सम्म करिब १० मिलोमिटर सडक कालोपत्रे गर्नेगरी ठेकेदार काममा खटिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।

“उपल्लाचौर र बिहुँबाट कालोपत्रे थालिएको छ भने अछेते र तल्लो बिहुानमा पूर्वाधार निर्माणलाई तिब्रता दिइएको छ” प्रमुख भण्डारीले भन्नुभयो “ठूलो चुनौतीका साथ ढिलै भएपनि सडक कालोपत्रे थालिएको छ, अहिले उपल्लाचौरको न्यू ओएसिस स्कूलदेखि बिटामिन छर्ने, धूलो उठाउने र कालोपत्रे गर्ने काम शुरु भएको छ, भने माथिल्लो खण्डमा धमाधम कालोपत्रे भइरहेको छ ।” उक्त खण्डकको बोक्सेमा भने पहिरो र पानीको मुहानका कारण ३०० मिटर सडक ढलान गर्ने कार्य भइरहेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको जिल्ला सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको ६ वर्ष लाग्दा कालोपत्रे शुरु भएको भन्दै निरन्तरको दवाबपछि ठेकेदारले सडक कालोपत्रे थाले पछि बागलुङ बासी खुसीभएको मध्यपहाडी लोकमार्ग कालोपत्रेका लागि दवावमुलक कार्यमा सहभागी हुनुभएका अधिकारकर्मी राम शमाृले बताउनुभयो ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर बाहेक अन्य सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो ।

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । कुल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये बागलुङमा २५ किलोमिटरमात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *