काठेखोला–५ मा एमालेको सकारात्मक शुरुवात : क्षेत्री सर्वसम्मत वडा अध्यक्षको उमेदवार

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ५ वडा कमिटिले आगामी निर्वाचनका लागि वडा अध्यक्ष र एक जना वडा सदस्य सर्वसम्मत सिफारिस गरेको छ ।

वडा कमिटिको मंगलवार सम्पन्न वैठकले हिम बहादुर क्षेत्रीलाई आगामी निर्वाचनमा वडा अध्यक्षका लागि सर्वसम्मत सिफारिस गरेको हो । गत निर्वाचनमा उमेदवारका विषयमा अलमल हुदा ४२ मतले एमालेका अध्यक्षका उमेदवार वडामा पराजित भएका थिए । पार्टी नेता कार्यकर्ताहरुबीचको एकतावद्ध प्रयासबाट आगामी निर्वाचनमा एमालेका उमेदवारलाई विजयी बनाउने अभियानको सकारात्मक शुरुवात भएको एमालेले जनाएको छ ।

वडा अध्यक्षसंगै एक जना सदस्यमा प्रेम बहादुर पुनलाई सिफारिस गरिएको छ । महिला सदस्य, दलित महिला सदस्य र एक जना खुल्ला सदस्य पछि सिफारिस गरिने जनाइएको छ ।

एमाले जिल्ला कमिटिले चैत २४ गते ८५ वटै वडाबाट उमेदवार सिफारिस गर्न निर्देशन दिएको छ । चैत २४ गते बिहीवार एमालेका तर्फबाट बागलुङका सबै वडामा उमेदवार हुने वडा अध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटिले गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *