वैदेशिक असफलता देखि सर्वोकृष्ट महिला उद्यमी सम्म प्रेम कुमारी

आदर्श अनलाइन, बागलुङ

कुनै वेला आर्थिक संकटले वैदेशिक रोजगारीका लागि साउदी पुग्नुभएको गलकोटका प्रेम कुमारी पुन अहिले चर्चाको शिखरमा हुनुहुन्छ । २०७२ साल वैशाखमा वैदेशिक रोजगारीका लागि साउदी जानुभएको थियो । तर २०७२ साल असारमा आएको बाढी पहिरोले उहाँको घर गोठ बगायो । प्रेम कुमारीलाई झनै बज्रपात भयो । उनि विदेश जादा दुई घार मात्रै मोरी थिए उहाँका तर तिनै मोरीका घारले व्यावसायिक सफलता ल्याउना भन्ने पुनलाई लागेकै थिएन ।

गलकोटको रिघा साउनेमा घर रहेको पुन घरबार पहिरोले लगेपछि परिवार विस्थापित बन्यो । साउदीमा राम्रो कमाई भएन, उहाँ तीन वर्षपछि नेपाल फर्कनुभयो । नेपाल भर्कदा जसोतसो पुनको बाबा याम बहादुरले मौरी बढाएर १५ घार बनाउनु भएको थियो । उहाँले विदेशमा समेत असफल भएपछि पुन मौरी पालनमै लाग्नुभयो । ८० घार छदा गाउँ छोडेर मल्मको छिसमा बसाईसर्नूभएको पुनको परिवारमा मौरीपालनले नै खुसीयाली ल्याएको छ ।

अहिले पुनको टिका व्यावसायिक मौरिपालक फर्ममा १४५ मौरीका घार रहेका छन् । गलकोट नगरपालिकाको सर्वोत्कृष्ट महिला उद्यमीमा उनै उद्यमी गलकोट नगरपालिका–९ छिस निवासी प्रेम कुमारी पुन गलकोट नगरपालिकाकै सर्वोकृष्ट महिला उद्यमी घोषणा हुनुभएको छ ।

“मैले धेरै हण्डर खाए घरमा बाबा आमा र आफू मात्रै छम्, दिदिको बिबाह भइसकेको छ, बाबा आमाको हेरचाह मेरै जिम्मामा थियो, परिवार पाल्न विदेश गए तर सोचे जस्तो भएन, घर गोठ समेत पहिरोले लग्यो” पुनले भन्नुभयो “अहिले मौरीपालनबाट राम्रो आमद्यानी भएको छ, मैले परिवार पल्न सकेको छु, ग्रामिण दायित्व कार्यक्रम अन्तरगत मौरीपालन व्यवसाय फष्टाउन ठूलो मद्दत मिल्यो, अहिले गलकोटकै सर्वोकृष्ट उद्यमी महिला भएकोमा गर्भ लागेको छ, यस अघि जिन्दगीमा कहिलै नमिलेको खुसी मिलेको छ ।”

गलकोट नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रम अन्तर्गत टिका व्यावसाियक माहुरी पालन फार्मका सञ्चालक प्रेम कुमारी पुन गलकोट नगरपालिकाका महिला उदमी मध्ये सर्वोत्कृष्ट महिला उद्यमी २०७८ बन्न सफल हुनुभएको छ । पुनले मौरीका घार बढाएर २०० पु¥याउने लक्ष्य रहेको बताउनुभयो । उहाँले मौरीको महलाई प्रतिकेजी एक हजार ५०० मा विक्रि गर्दै आउनुभएको छ ।

गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा दायित्व संस्थाको सहकार्यमा दुई वर्ष देखि गलकोट नगरपालिकामा सञ्चालित नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रममा ८५ महिला उद्यमीहरुलाई पछि पादै पुन सर्वोत्कृष्ट महिला उदमी घोषणा हुनुभएको छ ।

नगरपालिकाले आव्हान गरेको कार्यक्रमा सहभागी ८५ महिला उद्यमी मध्ये चार चरणको प्रतिस्प्रधामा महिलाहरुको उद्यम योजना तथा लगानी प्रस्तुतीकरणका आधारमा पहिलो चरणमा ४० महिला उद्यमी, दोस्रो चरणमा २० महिला उद्यमी, तेस्रो चरणमा १० उत्कृष्ट उद्यमी हुँदै सर्वोकृष्ट महिला उद्यमी छनोट गरिएको छ ।

लामो समयदेखि मौरी पालन गर्दै आउनुभएका पुनको व्यावसायिक सफलता, उद्यम योजना, लगानी प्रस्तुतीकरण तथा संघर्षका कारण सर्वोकृष्ट हुँन सफल हुनुभएको छ । गलकोट नगरपालिकाको सर्वोकृष्ट महिला उद्यमीमा छनोट भएपछि पुनले आफू जीवनमा पहिलो पटक यती धेरै खुसी भएको भनदै आफ्नो व्यवसायलाई थप सफलतामा पु¥याउन हौषला मिलेको बताउनुभयो ।

यस अघि छनोटमा परेका १० उत्कृष्ट उद्यमी मध्येबाट बिहीबार भएको प्रतिस्प्रधाका आधारमा उद्यम योजना तथा लगानी प्रस्तुतका आधारमा प्रेम कुमारी पुन सर्वोकृष्ट महिला उद्यमका एपमा छनोट हुनुभएको गलकोट नगरपालिकाका नगर उप–प्रमुख रेणुका काउचाले जानकारी दिनुभयो ।

“गलकोट नगरपालिका,दायित्व र रिप परियोजना अन्र्तगतको कार्यक्रमले महिलाहरुलाई उद्यम मात्रै नसिकाएर व्यक्तित्व किास, बजारीकरण, भावी योजना र उद्यमको भविश्यका विषयमा समेत यो दुई वर्षमा धेरै सिकायो” काउचाले भन्नुभयो “उहाँहरुको घरमै पुगेर उद्यमको अवलकोन समेत गरियो, कार्यक्रमले उहाँको हरुको उद्यममा निकै सुधार आएको छ ।” विषयमा उत्कृष्ट १० महिला उद्यमीबाट सर्वोत्कृष्ट महिला उद्यमी बन्दै पुनले नगद रु १ लाख नगद प्राप्त गर्नुभएको छ । यस्तै उत्कृष्ट १० महिलाहरले रु. ५० हजारका दरले पुरस्कार प्राप्त गर्नुको छ ।

बुधबार भएको प्रतिस्प्रधामा गलकोट नगरपालिका भित्रका उत्कृष्ट १० महिला उद्यमीहरुले आफ्नो समग्र उद्यम यात्रा, भावि योजना, उद्यम प्रयास र उद्यम योजनाको बारेमा आफ्नो प्रस्तुती राखेका थिए ।

तिनै प्रस्तुतीको आधार तथा उप–प्रमुख ग्रामिण दायित्व परियोजना शुरु भएपछि महिला उदमीमा आएको परिवर्तन तथा उद्यमको अवस्थाका आधारमा गठन गरिएको विज्ञ समूहको मुल्याङ्कनका आधारमा सर्वोकृष्ट घोषण गरिएको दायित्व परियोजना लुम्बिनी प्रदेश संयोजक कमल थापाले बताउनुभयो । गलकोट नगरपालिकाले अब्बल १० जना महिला उद्यमीलार्ई समेत रु. २० हजारका दरले सम्मान गरिएको थियो ।

उद्यमी घोषणा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कंडेलले ग्रामिण उद्यमीको श्रमलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले ग्रामिण उद्यमले नै देशको अर्थतन्त्र वृद्धिमा सहयोग पुग्ने बताउदै उद्यमीको श्रमलाई सम्मान गर्न नसकेर नै राष्ट्रले व्यापार घाटा ब्यहोर्नु परेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले उद्यमले नै महिलाहरुलाई हरेक क्षेत्रमा अगाडि लैजाने बताउँदै गलकोट नगरपालिकाले गलकोटका महिलाहरुलाई उद्यम तर्फ अग्रसर गराउनको लागि नगर उपप्रमुख दायित्व कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले गलकोटमा उद्यम विकासका लागि उत्कृष्ट महिला उद्यमीले नै नेतृत्व गरेर अबका दिनमा उद्यमका कार्यक्रमहरु सञ्चालन गर्ने आग्रह गर्नुभयो ।

त्यस्तै गलकोट नगरपालिकाका नगर उप–प्रमुख रेनुका काउचा मगरले दायित्व संस्था सँग सहकार्य गरेर महिलाहरुलाई सफल उद्यमी बनाउन नगरपालिका सफल भएको भन्दै अन्य महिलाहरुले पनि आफ्नो उद्यमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । सो अवसरमा उत्कृष्ट महिला उद्यमीहरुको सिकाई र योजना विशेष फोटो प्रर्दशनी समेत गरिएको थियो ।

कार्यक्रम दायित्व लुम्बिनी प्रदेश संयोजक कमल थापाको अध्यक्षता दायित्व रिफ संयोजक संजय पोखरेलको स्वागत र मुसिकोट नगरपािलका दायित्व प्रतिनिधि महेन्द्र घिमिरको सञ्चालनाम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *