तमानखोलमा पाँच वर्षको अवधीमा १३५ किलोमिटर सडक निर्माण

डम्मर बुढा मगर, बागलुङ
पाँच वर्ष अगाडी तमानखोला गाउँपालिकाका तीन वटा बस्तीमा मात्रै मोटरबाटोको पहुँच पुगेको थियो । अन्य बस्ती सडक संजालले जोडिने स्थानीयले कल्पना पनि गरेको थिएनन् । भौगोलिक हिसाबले अत्यन्तै विकट रहेको यस क्षेत्रमा सरकारको ध्यान जान नसक्दा पूर्वाधार निर्माण हुन सकेको थिएन । जब स्थानीय तहको स्थापनापछि जनप्रतिनिधि आए तब पालिकाको सबै वडाका सबै बस्ती मोटरबाटोले जोडिए । मोटर बाटोले अति विकट बस्ती जोडिएपछि अहिले दैनिक सवारी साधानहरु ओहोरदोहोर गर्छन् ।घरै अगाडी गाडी ओहोरदोर गरेको देख्न पाउँदा स्थानीय दंग छन् ।

स्थानीय तह आउनुभन्दा पहिले तमानखोला गाउँपालिकाको तीन वडा मोटरबाटोले जोडिए पनि यातायातका साधानहरु भने नियमित संचालन हुँदैनथे । अहिले पालिकाभरीनै दैनिक दजनौँ गाडीहरु कुद्ने गर्छन् । यसले यहाँका नागरिकहरुलाई ठूलो राहत मिलेको छ । साँघुरो गोरेटोबाटोमा यात्रा गर्ने नागरिकहरु अहिले फराकिलो गाडी हिड्ने सडकमा यात्रा गर्न पाएका छन् । मोटरबाटोले ति साँघुरा गोरेटो बाटोहरु विस्थापित भएका छन् ।

तमानखोलाका चारै तिर ठूला–ठूला भिर पहरा भएको हुँदा सडक संजालले बस्ती जोड्न निकै कठिनाई थियो । भौगोलिक कठिनाइका बाबजुत पनि गाउँपालिकाले सबै वडामा सडक पु¥याएको छ । यसले स्थानीयलाई खुसी दिलाएको छ । सडक गाउँसँग जोडिएपछि यहाँका हजारौँ नागरिकको जीवनै बदलि दिएको छ । सडक नहुँदा घण्टौँ लागएर दैनिक उपभोग्य सामग्री किन्न बजार पुग्ने स्थानीय अहिले एकै छिनमा गाउँ–बजार गर्न सक्छन् । सामान ढुवानी गर्न र यात्रा गर्न पनि सहज भएको छ ।

तमानखोला गाउँपालिकामा जनप्रतिनिधि भएर आएपछि २७ बस्तीमा १३५ किलोमिटर सडक निर्माण भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँले आफू जनप्रतिनिधि भएर आउनु पूर्व सिंगो तमानखोला सडक संजालभन्दा टाढा भएको भन्दै अहिले बस्ती–बस्तीमा सडक पु¥याउन सफल भएको बताउनुभयो ।

‘हामी जनप्रतिनिधि भएर आउनुभन्दा पहिले गाउँ पालिकाको वडा नम्बर १, ३ र ४ मा मोटरबाटोले छोएको थियो, तर अहिलेको जस्तो यातायातका साधानहरु संचालन हुने वस्था थिएन,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘हामीहरु आइसकेपछि छ वटै वडामा सडक पु¥याएका छौँ, वडामा मात्रै होइन, हरेक बस्ती–बस्तीमा सडक पुगेको छ, अहिले सबै तिर गाडी गुड्छन्, सडकमा हामीले करोडौँ खर्च गरेका छौँ २७ बस्तीमा १३५ किलो मिटर सडक निर्माण भएको छ ।’

पाँच वर्षको अवधीमा ५०० मिटर सडक ग्राभेल समेत गरेको अध्यक्ष बुढा मगरको भनाई छ । सडकले स्थानीयको दैनिकी बदलिएको बताउनुहुन्छ । ‘हामी दुर्गममा हुँदा सडकको पहुँचबाट टाढा हुनु परेको थियो, सडकले गाउँहरु नजोडिएको अवस्थामा हामीले धेरै समस्याहरु भोग्यौँ, त्यो समस्यालाई पार लगाउनु पर्छ भन्ने उद्देश्यले जनप्रतिनिधि हुँदा बित्तिकै पूर्वाधार निर्माणमा लाग्यौँ, अहिले सबै वडामा सडक पुगेको छ, स्थानीयलाई खुसी बनाउन सकेका छौँ ।’ उहाँले सडकले अन्य धेरै विकासका ढोकाहरु खोल्ने हुँदा सडकलाई प्राथमिकता दिएर काम गरेको बताउनुहुन्छ ।

स्थानीय छबिलाल विकले मोटरबाटले गाउँहरु जोडिएपछि आफूहरुको दैनिकी बदलिएको बताउनुहुन्छ । उहाँले सडकले गाउँ जोडिनुभन्दा पहिले घण्टौँ लगाएर दैनिक उपभोग्य सामान घोँडा खच्चडमा ढुवानी गर्दै आएको तर अहिले घोँडा खच्चड हिँड्ने गोरेटोहरु अहिले मोटरबाटोमा परिणत भएको उहाँको भनाई छ । ‘यस्तो भिर पाखामा मोटर गाडीहरु आउँछन् जस्तो त मलाई लागेको थिएन, हामी मर्ने बेलासम्म पनि मोटर गाडी देख्न पाइँदैनकी जस्तो लाग्थ्यो तर सरहरुले गज्जबले काम गर्नुभयो, अहिले त मेरो घर अगाडीनै गाडीहरु दगुर्छन् ।’

पालिकाको बसैभन्दा दुर्गम वडा नम्बर ६ हो । यस वडाको नर्जाखानी, भित्रिवन र पात्ले गाउँ निकै विकटमा पर्छन् । यहाँ मोटरबाटो आउला भनेरे कहिल्यै कल्पना समेत नगरेको स्थानीय पानमती छन्त्यालले बताउनुभयो । ‘यस्तो भिरपाखामा पनि के मोटर गाडी गुड्लान् भन्ने लाग्थ्यो, अहिले घर अगाडीनै दैनिक गुड्दा निकै खुसी लाग्छ, मोटरबाटोले त हाम्रो जीवननै फेरि दिएको छ’ उहाँले भन्नुभयो ।

छन्त्यालले मोटरबाटो नहुँदा गाउँ सुनसान रहेको भन्दै अहिले यहाँका ठाउँहरुको स्वरुपनै फेरिएको भन्दै मान्छे बिरामी हुँदा डोकोमा बोकेर लैजानु परेको र समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको स्मरण गर्नुभयो । अहिले बिरामीहरु गाडीमै अस्पतालसम्म पुगेर सहज रुपमा उपचार पाउने गरेको उहाँ बताउनुहुन्छ ।

‘उतिबेला अहिलेको जस्तो मोटर गाडी चल्दैनथे, बाटोनै थिएन, गाउँमा कोही बिरामी प¥यो भने पनि ढोकोमा, डोलामा बोकेर लैजानु पर्ने अवस्था थियो अहिले, कोहीले त समयमा उपचार पाउन नसक्दा अकालमै ज्यान समेत गुमाए,’ उहाँले भन्नुभयो ‘अहिले कोही बिरामी पर्दा बित्तिकै गाडी बोलाएर अस्पताल पु¥याई हाल्छन्, समयमै उपचार पाउँछन् ।’

सडक संजालको विस्तारले पर्यटन प्रवद्र्धनमा निकै ठूलो टेवा पुगेको वडा नम्बर २ कटेरी गाउँका चूडामणी छन्त्यालले बताउनुभयो । उहाँले तमानखोलामा थुप्रै पर्यटकीय क्षेत्रहरु रहेको भन्दै तिनीहरुको प्रचारप्रसार र प्रवद्र्धनमा सडकले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *