ढोरपाटनमा जीप दुर्घटना

आदर्श अनलाइन, बागलुङ
ढोरपाटनमा जिप दुर्घटना हुँदा एक जना घाइते हुनुभएको छ । ढोरपाटनबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ ज ४३४८ नम्बरको पिकअप जीप वडा नम्बर ९ को सुकुरदुङमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका वडा नम्बर ७ की ६०वर्षीया मनसरा थापा घाइते भए हुनु भएको छ ।

महिलाको टाउकोमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । गाडीको ब्रेक फेल भएर भित्तामा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक वडा नम्बर ६ का ३८ वर्षीय कुलबहादुर अदैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *