चैते दशैं बागलुङको ब्राण्ड भइसक्यो : अध्यक्ष तिमिल्सिना


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय फष्टाउँदो गतिमा गएको बताउनुभयो । उहाँले धार्मिक, भौगोलिक र शैक्षिक पर्यटनको गतिविधि बढेकाले नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकहरु आउने संभावना रहेको बताउनुभयो ।

“चैते दशै बागलुङको पहिचान मात्रै नभएर नेपालकै पहिचान बनिसक्यो, अहिले कालिका मन्दिरमा टेक्ने ठाउँ छैन” तिमिल्सिनाले भन्नुभयो “अब नेपालमा कल्पना गरे भन्दा बढी पर्यटकीय गतिविधि हुँनेछ ।” तिमिल्सिनाले अहिले रामरेखा देखि अदुवाबारी जोड्ने लामो झोलुङ्गे पुलका कारण बागलुङ र पर्वतको पहिचान अन्तर्राष्ट्रियकरण भएको बताउनुभयो ।

उहाँले ढोरपाटन, पञ्चकोट, शालग्राम संग्रहालय, कालिका मन्दिर र पञ्चकोटका कारण बागलुङमा दिनानुदिन पर्यटकीय गतिविधि बढिरहेको बताउदै यहाँ सुविधाका लागि होटल, सुराक्षा लगायतका संरचना बढाउदै लैजानुपर्ने बताउनुभयो ।

उहाँले आगमी स्थानीय तहको निर्वाचनमा निष्पक्ष, भयरहित र चाहेको व्यक्तिलाई भोट हाल्ने बातावरण बनाउन सरकार, राजनैतिक दल र सुरक्षा निकायले ध्यान दिनुपर्ने बताउनुभयो । मिल्सिनाले जननिर्वाचित व्यक्तिहरु सत्ता र शक्तिका लागि मरिमेट्न थालेको बताउदै जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

स्थानीयतहको निर्वाचनलाई जनताले अधिकतम प्रयोग गर्दै सक्षम जनप्रतिनिधि छनोट गर्ने विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि सरकारले सकरात्मक बातावरण तयार पार्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *