यो सरकारले नौँ महिनामा देश कंगाल बनायो

डम्मर बुढा मगर, बागलुङ
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नौँ महिनामा देश कंगाल बनाएको आरोप लगाउनु भएको छ ।

नेकपा एमाले बागलुङले शनिबार आयोजना गरेको स्थानीय तहको निर्वाचन केन्द्रित विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देश कंगाल आफू बनाउने तर राष्ट्र बैंकको गभर्नर कार्यकर्ता भएन भनेर निस्कासित गरेको बताउनुभयो ।

सरकारले देशमा कमिसन खोरी चलाउने र विकासका योजनाहरु सबै रद्ध गर्ने गरेको उहाँको आरोप छ । अध्यक्ष ओलीले अहिले आफन्तहरुलाई विभिन्न पदहरुमा धमाधम नियुक्ति समेत गरिरहेको बताउनुभयो ।

उहाँले हिजो कागजका रेल र पानी जहाज बनाएर गिज्याउनेहरु आज आफ्नो पालामा निर्माण थिएका संरचनाको उद्घाउन गर्न भ्याइनभ्याइ भएको बताउनुभयो ।

उहाँले झोलुङ्गे पुल, बाटोघाटो र तुइन हटाउने काममा कृतिमानी कायम गरेको दाबी गर्नुभयो । वर्तमान सरकारले बजेट नभएको भन्दै योजनाहरु कटौती गर्न बाहेक अरु केही गर्न नसकेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *