त्यो चैते दशैं, यो चैते दशैं

आदर्श अनलाइन, बागलुङ
‘एउटो पैसो कैलेलाई चैते दसैँलाई
त्यो पनी मागे दिन्न कसैलाई’

उमेरले ८४ वर्ष नाघ्नुभएको बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा बहादुर आचार्यले चैते दशैं मेलाका लागि रकम जम्मा गर्ने बेलाको साँनो मौलिक गितको टुक्का स्मरण गर्नुभयो ।

आचार्यले मेलालाई नजिकबाट नियाल्न थालेकै ८० वर्ष पुग्यो । बागलुङको ठूलो मेला भनेकै चैते दशैं मेला भएकाले पैसा साँचेर राख्ने र मेलामा गएर नरिवल र मिश्री किनेर खाने चलन रहेको दुर्गा आचार्यले बताउनुहुन्छ । “पहिलेको चैते दशैं र अहिलेको चैते दशैंको कुनै तुलाना हुँदैन, त्यो बेलाको चैते दशैमा रेरेरे गित गाउँने, घरेलु उत्पादनको खरिद विक्रि गर्ने चलन थियो” आचार्यले भन्नुभयो “चार पाँच वर्षको उमेरबाट देख्नथालेको चैते दशै मेला पुरै परिवर्तन भएको छ, अहिले त नाँच गान, रमाइलो मात्रै छ, स्थानीय उत्पादन देखिनै छाडे, फ्याट्ट फुट्ट देखिएका मादल र ठेका समेत विक्रि भएको पाइदैन, मेला मौलिकता नभएर आधुनिक भएको छ, त्यो बेलामा मेला भनेकै चैते दशै थियो, अहिले गाउँ–गाउँमा मेला महोत्सव लाग्छ, चैतेदशैको महत्व घटेर गएको छ ।”

चैते दशैं मेला बागलुङको मौलिक परम्परा जस्तै हो । बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीको खरिद विक्रिका लागि मेला लागेपछि अहिले यसलाई चैत्राष्टमी मेलाको नाम दिइएको छ ।

बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ, जसमध्ये नेपालमै कालिका मन्दिरमा बागलुङ कालिका प्रशिद्ध छ । कालिका मन्दिर संगै जोडिएको छ चैते दशैं मेला । चैते दशै मेला बागलुङको ब्राण्ड बन्दै गएकोमा दुई मत छैन तर पछिल्लो समय चैते दशै मेला गाना र खानामा मात्रै सिमिति भएको पाइएको छ ।

बागलुङ नगरपालिका १ मा रहेको कालिका मन्दिर परिसरमा कोरोना कहरमा दुई वर्ष रोकिएपनि अघि पछि वर्षेनी मेला लाग्छ । यो वर्षको चैते दशैं मेला बिहीबार देखि शुरु भएको थियो । सोमबार सम्म चल्ने मेला नाँच गान, दोहोरी गित, खानाका परिकार तथा रमाइलोमेलामा मात्रै सिमित भएको कतिपयको गुनासो छ ।

मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामाल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, आँसी, बाउसा, मान्द्रो, थुन्से, मादल भाडाँ कुडा लगायतका दैनिक उपभोग्य बस्तुहरु खरिद बिक्रि हुँने गरेकोमा अहिले खेलौना सामाग्री र मदिरा र खानाका परिकारहरु मात्रै विक्रि बितरण हुँने गरेको पाइएको छ ।

त्यो चैते दशै र अहिलेको नाँच गान, खानपिन, लत्ताकपडा, रमाइलो मेला सहितको अहिलेको चैते दशैं धेरै अन्तरबस्तु फरक पाइएको छ ।

मेलामा मौलिक तथा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर निःशुल्क स्टल उपलव्ध गराउदै आएपनि स्थानीय उत्पादनप्रति स्थानीयको रुची समेत घट्दै गएको कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

चैतेदशैंमा अहिले घरेलु उत्पादन सामाग्री देख्नै दुर्लभ भइसकेको बुढापाकाहरुले बताउछन् । चैतेदशैंको समयमा कालिका मन्दिर दर्शन गर्ने र आवश्यक सामाग्री वर्ष भरीलाई खरिद गर्ने चलन भएपनि विस्तारै यसको मौलिकता हराएर खानपान र नाँचगानमा मेला सिमित हुँन थालेको चैतेदशै मेलामा लामो समयदेखि ठेकाको व्यापारका लागि आउदै गर्नुभएका बागलुङको बलेवा अमलाचौरका टिका चुदाराले जानकारी दिनुभयो । उहाँले परम्परा धान्नकै लागि मेलामा ठेका ल्याएर आउने गरेको बताउनुभयो । चुदाराका अनुसार ठेका ठेकी बनाउने प्रचलन पुस्ता हुतान्तरण नहुँदा आगमी दिनमा लोप भएर जाने बताउनुभयो ।

यस्तै चैते दशैमा अहिले घरेलु हात हतियार, खुकुरी, बाउसो, आँसी लगायतका बस्तुहरु विक्रिका लागि ल्याइएको समेत छैन । चैते दशै मेला बागलुङको पहिचान संग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भएपनि विस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउदै गएको छ । ¬¬¬

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *